शनिबार ११ मंसिर, २०७८ (Saturday November 27, 2021)

मु्ख्य समाचार

खनाल र नेपाल राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा नजाने

चैत ३, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा नजाने भएका छन् । आफ्नो समूहको राष्ट्रिय कार्यकर्ता भेला बुधबार र बिहिबार तय भएकोले त्यसको तयारी गर्न नभ्याइने कारणले उनीहरु सर्वदलीय बैठकमा न...

यो वर्ष हिमाली क्षेत्रको शैक्षिक सत्र पनि असारबाटै सुरु 

चैत ३, काठमाडौं । अघिल्लो वर्षहरुमा फागुनबाट नयाँ शैक्षिक सत्र सुरु हुने हिमाली जिल्लामा यो पाली भने कोरोनाको कारणले जेठमा नै शैक्षिक सत्र सकिने र असारबाट नयाँ शैक्षिक सत्र सुरु हुने भएको छ । हिउँदमा हिमपातका कारण हुम्ला, जुम्ला, डोल्पा, मनाङ, मुस्ताङ तथा मुगु र कालिकोटको केही क्षेत्रमा विद्यालयम...

ओली–नेपाल समूहबीच छलफल जारीः दुबै पक्ष आआफ्नै अडानमा

चैत २, काठमाडौं । पार्टी कार्यालय धुम्बाराहीमा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र झलनाथ खनाल–माधवकुमार नेपाल समूहबीच वार्ता सुरु भएको छ । सोमबार शीर्ष नेताहरुबीच भएको वार्तामा दुबै पक्षले आ– आफ्नो धारणा राखेका छन् । नेता रघजुी पन्तले भने ‘दुबै पक्षले आ आफ्नो अडान राखेका छन्,...

विष्फोट स्थलमा गोइत समूहको पर्चा भेटियो

चैत १, काठमाडौं । आइतबार दिउँसो सिराहाको लाहान नगरपालिकास्थित मालपोत कार्यालयमा बम विस्फोट भएको ठाउँमा तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समूहको पर्चा भेटिएको छ । उक्त समूहको पर्चा विष्फोट भएकै स्थानमा भेटिएका कारण सोही समूहले कुकर बम विष्फोट गराएको हुन सक्ने प्रहरीको आशंका छ । आज दिउँसो भएको...

एमाले–माओवादी गठबन्धनलाई बहुमत

चैत १, बुटवल । एमाले–माओवादी गठबनधनको प्यानलले देशकै ठूलो पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.को प्रथम अधिवेशनबाट बहुमत प्राप्त गरेको छ । शनिबार भएको ११ सदस्यीय सञ्चालक समितिको  चुनावमा एमाले माओवादी प्यानलबाट ८ जना र नेपाली कांग्रेस निकट व्यवसायीको प्यानलबाट ३ जनाले जित हासिल गरेका छन् ।...

देशमा ठूल्ठूला षडयन्त्र भईराख्या छन्ः दाहाल

फागुन २७, काठमाडौँ । राजनीतिक परिवर्तनमाथि हमला भइरहेको माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । बिहिबार नयाँ नमूना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हामीले संसद् विघटनका विरुद्ध संविधान संघीय लोकतान्त्रिक गणतन्त्र खा...

शिवरात्रिको दिन पशुपतिमा भक्तजनको घुइँचो 

फागुन २७, काठमाडौं । देशभरका शिवालयहरुमा बिहीबार शिवरात्रिको अवसरमा श्रद्धालु भक्तजनहरूको भिड लागेको छ । यसैबीच काठमाडौंस्थित पशुपतिनाथको मन्दिरमा बिहानैदेखि शिवभक्तहरूको घुइँचो लागेको छ ।  बिहीबार बिहान ९ बजेसम्ममात्रै २ लाख जनाले पशुपतिमा दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । य...

शिवरात्रिको दिन सवारी रुट

फागुन २६, काठमाडौं । आराध्यदेव पशुपतिनाथको पूजा गर्न बिहीबार शिवरात्रि पर्वको दिन देशविदेशबाट लाखौं भक्तजन काठमाडौं आउँछन् । भक्तजनहरुको चाप बढ्दा  यातायात आवागमन सहज बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष योजना बनाएको छ ।  चक्रपथ चल्ने यातायात सेवा शिवरात्रिको दिन सुचारु राख्ने...

समयमै पाठ्यपुस्तक छाप्न जनक शिक्षालाई शिक्षामन्त्रीको निर्देशन 

फागुन २५, काठमाडौं । समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पु¥याउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिएका छन् । मंगलबार अनुगमन गर्न भनेर जनक शिक्षा सामग्री केन्द्र लिमिटेड पुगेका मन्त्री श्रेष्ठले भने, ‘पुस्तक नै विद्यार...

धुम्बाराहीको केन्द्रीय मूख्यालयमा राखियो एमालेको बोर्ड

फागुन २५, काठमाडौं । सर्वोच्च अदालतले एमाले ब्यूँताइदिएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बोर्ड हटाएर धुम्बाराहीको केन्द्रीय मूख्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ ।  आज देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न धुम्बाराही पार्टी कार्यलयबाट निर्देशन दिइएको छ ।  &nb...

एक्काइसौँ शताब्दीको सभ्य समाजलाई महिला हिंसाका घटनाले गिज्याएकोः उपराष्ट्रपति पुन

फागुन २४, काठमाडौं । महिला हिंसा अन्त्य नभएसम्म नेपाली समाज सभ्य र सुरक्षित बन्न नसक्ने उपराष्ट्रपति नन्दबहादुर पुनले बताएका छन् । एक्काइसौँ शताब्दीको सभ्य समाजलाई महिला हिंसाका घटनाले गिज्याइरहेको उनले बताए ।  सोमबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्सको महिला च...

वर्तमान सरकारको समर्थन फिर्ता लिन्छौंः प्रभाकर

फागुन २४, काठमाडौं । सर्वोच्च अदालतले पार्टी एकता बदर गरेको कारणले तत्कालीन माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । माओवादी केन्द्रका नेताहरुले बताए अनुसार विगतमा पार्टी एकता गर्ने बेला समर्थन दिइएको र अब सर्वोच्च अदालतले एकता बदर गरिदिएकाले स...

मेलम्चीको पानी काठमाडौं ल्याउने सपना पुरा 

फागुन २३, काठमाडौं । करिब २२ वर्ष अघिबाट सुरु भएको मेलम्चीको पानी काठमाडौं ल्याउने सपना पुरा भएको छ ।  शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि फागुन १० गते सुरुङमा हालिएको पानी सुन्दरीजलमा खसेको छ । सुरुको पानी फोहोरसहित पानी आउने भएकाले...

राष्ट्रिय सभागृहमा विप्लवलाई हेर्नेको भिड 

फागुन २१, काठमाडौं । शुक्रबार राष्ट्रिय सभागृहमा सरकार र विप्लव समूहबीच ३ बुँदे सहमतिमा हस्ताक्षर समारोह स्थलमा जनताको भिड लागेको छ । राष्ट्रिय सभागृहको हलमात्र नभएर प्रांगणमा समेत सर्वसाधारण उपस्थित भएका छन् ।  समारोहमा प्रवेश गर्ने क्रममा विप्लवले सर्वसाधारणलाई अभिवादन गरेका थिए ।  ...

बढ्यो हवाई भाडा

फागुन ७, काठमाडौं । नेपाल आयल निगमले प्रतिलिटर २ रुपैयाँको दरले हवाई इन्धनको मूल्य बढाउने निर्णय गरेको छ । हवाई इन्धनको स्वचालित मूल्यका आधारमा हवाई भाडामा लाग्ने इन्धन शुल्कमा समेत परिमार्जन गर्ने नीति अनुसार नयाँ मूल्य तोकिएको वायुसेवा सञ्चालक संघ नेपालका प्रवक्ता योगराज कँडेलले बताए । ...

सरकारले संविधान मिच्दैन र मिच्न दिँदैनः प्रधानमन्त्री ओली 

फागुन ७, काठमाडौं । ७१ औं प्रजातन्त्र दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले लोकन्त्रको बाटो नबिराउने बताएका छन् । आज टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकारले लोकतान्त्रिक बाटो बिराउँदैन, संविधान मिच्दैन र मिच्न दिँदैन...

आजबाट चौथो चरणको आन्दोलन शुरु

फागुन ५, काठमाडौं । आजबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको चौथो चरणको आन्दोलन शुरु भएको छ । उक्त समूहले आजदेखि १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लास्तरीय विरोध प्रदर्शन, सभा लगायतका कार्यक्रमहरुको आयोजना गर्ने छ । भोली सो समूहले कार्यक्रम अन्तर्गत प्रतिग...

कक्षा १०को प्रावधान सरकारले हटायो 

फागुन ४, काठमाडौं । शिक्षा नियमावलीको नवौं संशोधन गरेर कक्षा ९ मा भर्ना भएर रजिस्ट्रेसन फाराम भरेपछि त्यही विद्यालयबाट एसईई (माध्यमिक शिक्षा परीक्षा) दिनु पर्ने प्रावधान सरकारले हटाएको छ । यसअघि वैवाहिक सम्बन्धको कारण वा सरकारी कर्मचारी रहेका अभिभावकको सरुवा भएको अवस्थामा बाहेक कक्षा १० मा भर्ना...

प्रतिगमनविरूद्ध नाटक प्रदर्शन गर्न खोज्दा प्रहरीद्धारा हस्तक्षेप 

फागुन ३, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले प्रतिगमनविरुद्ध नाटक देखाउने तयारी गर्दैगर्दा प्रहरीले उनीहरुको साथबाट नाटकका लागि आवश्यक सामग्रीहरु खोसेर लगेको छ ।        उनीहरुको सामग्री प्रहरीले खोसेर लगेपछि अहिले त्रिविको रेक्टर कार्यालय विद्यार्थीले प्रधानमन्त्र...

पार्टीका नेताहरुले समानान्तर सत्ता सञ्चालन गर्न खोजेपछि संसद भंग गरेँः प्रधानमन्त्री ओली 

फागुन ३, काठमाडौं । पार्टीका केही नेताहरुले समानान्तर सत्ता सञ्चालनको अभ्यास गर्न खोजेपछि प्रतिनिधिसभा विघटन गर्नु परेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । पार्टीभित्रका केही नेताहरुको अतिरिक्त आकांक्षाको बाछिटा संसदमा नपरोस् भनेर आफूले प्रयास गरेको भए पनि सफल नभएको उनले सुनाए । प्रधा...