शनिबार ११ मंसिर, २०७८ (Saturday November 27, 2021)

मु्ख्य समाचार

फागुन ६ गते प्रचण्ड–माधव समूहद्वारा चौथो चरणको आन्दोलन घोषणा

फागुन २, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले चौथो चरणको आन्दोलन फागुन ६ गते गर्ने घोषणा गरेको छ । आइतबार केन्द्रीय संघर्ष समितिले पत्रकार सम्मेलन गरी प्रतिगमन, महंगी र महिला हिंसाको विरोधमा फागुन ६ गते मानव साङ्गोले टुँडिखेल घेर्ने घोषणा गरेको छ । उपत्यका र बाहिर सबै जिल्लामा ९ गते महिल...

आज निर्वाचन आयोगले चुनावको आचारसंहिताबारे सबै दलका प्रतिनिधिहरुसँग छलफल गर्ने 

फागुन २, काठमाडौं । निर्वाचन आचारसंहिताको मस्यौदा तयार भैसकेको र सो मस्यौदाबारे राजनीतिक दलहरुसँग आज छलफल गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आचारसंहिताको मस्यौदामा राय परामर्श लिन बिहान ११ बजे दलहरुलाई बोलाइएको जानकारी दिए । नेकपा अध्यक्ष एवं प्...

काठमाडौंमा प्रतिगमनविरुद्ध महिला मार्च

माघ ३०, काठमाडौं । देशका विभिन्न ठाउँमा भएको महिला हिंसा एवं प्रतिगमनको विरुद्धमा काठमाडौंमा महिला मार्च गरिएको छ ।         काठमाडौंको बसन्तपुरबाट शुक्रबार सुरु भएको आन्दोलन रत्नपार्क हुँदै सिंहदरबारतर्फ आएको छ । सरकारले महिला हिंसा रोक्न नसकेको, बलात्कार र हत्याका घटनाहरू नरो...

काठमाडौंको ठाउँ–ठाउँमा ‘वाटर एटीएम’ राखिँदै, एक रुपैयाँमा एक कप पानी

माघ ३०, काठमाडौं । काठमाडौंमा वाटर एटिएम बिहिबारदेखि संञ्चालनमा आएको छ ।  नेपाल सरकार खानेपानी मन्त्रालय, काठमाडौं महानगरपालिका र काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको संयुक्त प्रयासमा वाटर एटीएम संञ्चालनमा आएको हो । खानेपानी मन्त्री मणिचन्द्र थापाले एक कार्यक्रमकाबीच वाटर एटीएमको...

नागरिकका मौलिक अधिकार कुण्ठित गरिँदैनः अध्यागमन विभाग

माघ २९, काठमाडौं । महिलाहरु भिजिट भिसामा जाँदा परिवारका सदस्य वा स्थानीय तहको सिफारिस आवश्यक पर्ने गरी निर्णय भइनसकेको अध्यागमन विभागले बताएको छ । विभागले आन्तरिक विभिन्न सञ्चार माध्यममा आएका यसबारेका समाचारहरु गम्भिर ध्यानाकर्षण भएको बिहीबार एक विज्ञप्ति जारी गर्दै बताएको छ । विभागले भन्यो &lsqu...

प्रधानमन्त्री ओलीले निर्वाचन आयोगलाई धम्क्याएको आरोपः माधव नेपाल

माघ २८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई धम्क्याएको आरोप नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले लगाएका छन् । आयोगमा पुगेर ओलीले म नै पहिलो अध्यक्ष हुँ, आधिकारिकताको विवादमा पस्न पउँदैन भनेर संवैधानिक निकायलाई धम्क्याएको भन्दै उनले आपत्ति जनाएका हुन् ।...

प्रचण्ड–माधव पक्षद्धारा विभिन्न ठाउँबाट जुलुस निकाल्न सुरु 

माघ २८, काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा आज आयोजना गरेको बृहत विरोध प्रदर्शन र सभाअघि काठमाडौ उपत्यकाका विभिन्न ठाउबाटँ जुलुस निकाल्ने क्रम सुरु भएको छ ।       केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराइले जानकारी दिए अनुसार माइतिघर, पुल्...

माघ ३० गते सार्वजनिक बिदा  

माघ २७, काठमाडौं । सोनाम ल्होछार माघ ३० गते परेको हुनाले सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  यसअघि सरकारले कार्यदिन बढाउन भन्दै ल्होछार, माघे संक्रान्ति लगायतका चाड पर्वको बिदा कटौती गरेको थियो । तर सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सो...

हितेन्द्रदेव शाक्य नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त

माघ २७, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । कायममुकायम कार्यकारी निर्देशक रहेका शाक्यलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले कार्यकारी निर्देशक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।              शाक्यल...

कोरोना भाइरसविरुद्धको खोप पत्रकारलाई लगाईदै 

माघ २६, काठमाडौं । नेपाल सरकारले कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत सोमबारदेखि पत्रकार, यूएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीलाई खोप लगाउन सुरु गरेको छ ।                           काठमाडौंमा निजामति कर...

लघुवित्तमा लगानीकर्ताको आकर्षण बढ्यो 

माघ २६, काठमाडौं । प्रिओपन सेसनमा करिब ३० अंक भन्दा धेरैले बढेको नेप्से परिसूचक सोमबार साताको दोस्रो दिन कारोबार खुलेको ५ मिनेटमा नै सेयर बजार ३६ अंकले बढेको छ ।  पछिल्लो समय लघुवित्तहरुले आकर्षक लाभांश घोषणा गर्न थालेपछि लगानीकर्ताहरु आकर्षित भएका हुन् । फरवार्ड माइक्रोफाइनान्स लगायतको सेयर...

नारायणगढ–मुग्लिन सडकखण्डमा पुल निर्माणको काम तीव्र गतिमा

माघ २५, चितवन । नारायणगणगढ–मुग्लिन सडकखण्डमा पुल निर्माणका काम धमाधम सुरु भएको छ । यस सडकखण्डमा ३६ किलोमिटर लामो १९ वटा पुल छन् । ती मध्ये तीनवटा नयाँ पुल बनिसकेका छन् भने, जलबीरेको पुल निर्माणको अन्तिम चरणमा पुगेको छ ।  पहिलो चरणमा चार र पछिल्लो चरणमा १५ पुल बनाउने प्रक्रिया अन्तर्...

हेटौंडा–काठमाडौं यातायात हिउँ परेपछि अवरुद्ध

माघ २५, मकवानपुर । हिउँ परेपछि हेटौंडा–काठमाडौंतर्फको यातायात अवरुद्ध भएको छ ।  त्रिभुवन राजपथको सिमभञ्ज्याङ र अघोरमा हिउँ परेको कारण आज बिहानैदेखि यातायात सेवा अवरुद्ध भएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए अन...

यसै साता चन्द्रागिरिको आईपीओ सूचीकरण हुने  

माघ २१, काठमाडौं । चन्द्रागिरिको आईपीओ यहि सातासम्म नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत गरेर अर्को सातादेखि कारोबार खुला गर्ने गरी नेप्सेले तयारी थालेको छ । यहि साता सूचीकरण भए पनि चन्द्रागिरिको दोस्रो बजारमा सेयर कारोबार भने आगामी साताबाट मात्रै हुनेछ । नेप्सेले तोकेको ओपन रेञ्जअनुसार पहिलो कारोबार ह...

निजी क्षेत्रका ठूला आयोजनामा अब छुट्टै सुरक्षा युनिट

माघ २०, काठमाडौं । ४८ औं राष्ट्रिय विकास समस्या समाधानको बैठकले निजी क्षेत्रबाट सञ्चालित ठूला आयोजनाको सुरक्षा व्यवस्थापनमा छुट्टै मापदण्ड बनाएर कार्यान्वयनमा ल्याउन गृह मन्त्रालयलाई जिम्मेवारी दिएको छ । ३ महिनाभित्रै गृह मन्त्रालयले यस्तो संयन्त्र निर्माणका साथै  लागू गर्ने गरी जिम्मेवारी प...

कक्षा १२ को परीक्षाको नतिजामा ४० जनाभन्दा बढीले गरे ४ जीपीए प्राप्त 

माघ २०, काठमाडौँ । गत वर्षभन्दा कक्षा १२ को परीक्षाको नतिजा यो वर्ष निकै राम्रो आएको छ ।  संक्षिप्त र आन्तरिक परीक्षामा विद्यालयहरुले विद्यार्थीलाई बढाएर नम्बर दिएको कारणले नतिजा राम्रो आएको राष्ट्रिय परीक्षा बोर्डको भनाइ छ । परीक्षा नतिजामा मध्यम समूहको जीपीए ल्याउने विद्यार्थी गत वर्षहर...

म्यानमारमा एक वर्ष संकटकाल घोषणा

माघ १९, काठमाडौं । म्यानमारमा सेनाले सत्ता हातमा लिँदै एक वर्ष संकटकाल लगाएको घोषणा गरेको छ । त्यहाँ सैनिक ‘कू’ भएको छ ।  राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर आङ सान सुकी र सुकीको पार्टी  नेशनल लिग फर डेमोक्रेसीका बरिष्ठ नेताहरुलाई हिरासतमा लिँदै सेनाले सत्ता कब्जा गरेको हो...

सबै बैंकलाई पछि पार्दै वितरण योग्य मुनाफामा पहिलो नम्बरमा नविल बैंक 

माघ १८, काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार सबै बैंकलाई पछि पार्दै नविल बैंकले पहिलो स्थान प्राप्त गरेको छ ।  दोस्रो त्रैमाससम्म नविल बैंकको १ अर्ब ८४ करोड २८ लाख रुपैयाँ भन्दा धेरै वितरण योग्य मूनाफा देखिएको छ । नविलको अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमास...

हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाको ११ औं बार्षिक साधारणसभा सम्पन्न

काठमाडौंको तीनकुनेमा मुख्य कार्यालय र जोरपाटीमा सदस्य सेवाकेन्द्र रहेको हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लि. को यही भाद्र २७ गते क्वालिटी बैंक्वेट , बुद्धनगर , काठमाडौंमा सम्पन्न १०औँ वार्षिक साधारणसभाले बाशुदेव चिमिरेलाई सो संस्थाको सञ्चालक समितिको पुन: अध्यक्षमा चयन गरेको छ । उक्त सञ्चालक स...

ऐतिहासिक दरबार हाइस्कुल विद्यार्थी बढाउने अभियानमा

काठमाडौँ । गोरखा भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक दरबार हाइस्कुलको आकर्षक नवनिर्मिति भवनका कक्षकोठाहरु अहिले खाली छन् । विश्वव्यापी कोभिड–१९ को जोखिमका कारण विद्यार्थीहरु घरबाटै इन्टरनेटको सहयोगमा अनलाइन अध्ययन गरिरहेका छन् । त्यसो त मुलुकमा कोरोना भाइरसको जोखिम नभएको भए पनि अहिले यस विद...