शनिबार १७ माघ, २०७७
९ मंसिर, काठमाडौं । लामो समयको अन्यौलपछि अन्ततः कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै सुरु भएको छ । कोरोना संक्रमण सुरु भएपछि गत वैशाखमै हुनुपर्ने परीक्षा झण्डै सात महिनापछि सुरु भएको हो ।
राष्ट्रिय परीक्षा बोर्डले स्थानीय तहको समन्वयमा कोरोना सम्बन्धी मापदण्ड अपनाएर देशभर एक साथ परीक्षा सन्चालन गरेको हो ।
बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले पहिलो दिनको परीक्षा देशभर सहजरुपमा सम्पन्न भएको बताए । उनले अनलाइनखबरसँग भने, ‘आज पहिलो दिन भएकाले कतैकतै केही मिनेट ढिलो सुरु भएको छ, तर समग्रमा परीक्षा शान्तिपूर्ण र सहजरुपमा नै भएको रिपोर्ट हामीलाई आएको छ ।’
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले काठमाडौं उपत्यकाका केही परीक्षा केन्द्रको स्थलगत अनुगमन पनि गरेका थिए ।