शनिबार ११ मंसिर, २०७८ (Saturday November 27, 2021)

ऐतिहासिक दरबार हाइस्कुल विद्यार्थी बढाउने अभियानमा

शनिबार १७ माघ, २०७७ फिल्म ~ शाला टिभी 1835


ऐतिहासिक दरबार हाइस्कुल विद्यार्थी बढाउने अभियानमा

काठमाडौँ । गोरखा भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक दरबार हाइस्कुलको आकर्षक नवनिर्मिति भवनका कक्षकोठाहरु अहिले खाली छन् । विश्वव्यापी कोभिड–१९ को जोखिमका कारण विद्यार्थीहरु घरबाटै इन्टरनेटको सहयोगमा अनलाइन अध्ययन गरिरहेका छन् ।

त्यसो त मुलुकमा कोरोना भाइरसको जोखिम नभएको भए पनि अहिले यस विद्यालयमा उल्लेख्य विद्यार्थी भने हुने थिएनन् । पछिल्ला समयमा निःशुःक पढाइ हुने सामुदायिक विद्यालयको आकर्षण घटेको ठानेर शहरी क्षेत्रका अभिभावकहरुले महँगो शुल्क तिरेर निजी (संस्थागत) विद्यालयमा छोराछोरी पढाउन थालेका छन् । जसका कारण यस्ता ऐतिहासिक र सुविधासम्पन्न सरकारी विद्यालयमा विद्यार्थी घट्दै गएका हुन् ।

मुलुकको राजधानी काठमाडौँको मुटुमा रहेको नयाँ भवन र प्रयोशालाहरुको सुविधायुक्त तथा अङ्ग्रेजी माध्यममा पढाइ हुने यो सामुदायिक विद्यालयले विद्यार्थी सङ्ख्या बढाउन मेहनत गरिरहनु पर्ला रु या अब यहाँ आफैँ विद्यार्थी बढ्लान् ? विद्यालयका व्यवस्थापन र शिक्षक वर्गमा पनि अहिले यो प्रश्न पेचिलो बनेको छ । यहाँका केही शिक्षकहरु भने अब विद्यार्थी आफैँ बढ्नेमा आशावादी छन् । उनीहरु भन्छन्, ‘कोरोना नभएको भए अहिलेदेखि नै विद्यार्थीको आकर्षण हुन्थ्यो । अबका केही वर्षमा यहाँ भर्नाका लागि भीड हुनेछ । अभिभावकहरु आएर हात जोडेर मेरो बच्चा राखिदिनुस् भन्न थाल्नेछन्, त्यो अवस्था केही वर्षमै आउनेछ ।’

मित्रराष्ट्र चीन सरकारको सहयोगमा पुनर्निर्माण सकिएर यस विद्यालयको भवन विद्यालयलाई हस्तान्तरण भइसकेको छ । यतिखेर भने यस विद्यालयले पनि वैकल्पिक माध्यमबाट अनलाइन विधिबाट विद्यार्थीलाई पढाइरहेको छ । भवनमा चीन सरकारले नै आवश्यक कम्प्युटर र प्रयोगशाला उलब्ध गराए पनि अनलाइन शिक्षाका लागि आवश्यक पर्ने ल्यापटप र मोबाइलहरु भने हालै जनता क्लब अफ काठमाडौँले उपलब्ध गराएको छ ।

वास्तवमा काठमाडौँको मुटुमा रहेको रानीपोखरीसँगै अवस्थित दरबार हाइस्कुलको नयाँ भवन मौलिक र आकर्षक छ । पाँच वर्षअघिको विनासकारी भूकम्पपछि क्षतिग्रस्त भएको सो भवन पुरानै स्वरूपमा पुनर्निर्माण गरिएको ऐतिहासिक दरबार हाइस्कुलको हाताभित्र हाल भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय सञ्चालित छन् । कूल चार तले उक्त नयाँ भवनमा ४६ ओटा कक्षाकोठा छन् । भवनभित्र विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, चमेनागृह, पुस्तकालय र ठूलो हलसमेत व्यवस्थित गरिएको छ । चीन सरकारको लगानी र प्राविधिक कार्यमा दुई वर्षको अवधिमा रु ८५ करोड ५९ लाखमा निर्माण सम्पन्न गरिएको दरबार हाइस्कुलको कक्षाकोठाभित्र प्रयोग हुने टेबल, कुर्सीलगायत सम्पूर्ण भौतिक संरचना समेत चीन सरकारले नै उपलव्ध गराएको छ । चीन सरकारको सहयोग बनाइएका अन्य विद्यालयमा यस्तै सुविधा उपलब्ध गराएको छ ।

गत कात्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनः निर्माणसँगै सो विद्यालय भवनको उद्घाटन गरेपछ्रि दरबार हाइस्कुल पुन सञ्चालनमा आएको हो तर कोरोना महामारीका कारण विद्यालय बन्द रहेकाले सुविधासम्पन्न कक्षा कोठाका भौतिक सामाग्रीले भने विद्यार्थीको प्रतीक्षा गरिरहेका छन् । यसैवर्षको तिहारको समयमा दरबार हाइस्कुलको नयाँ भवनको माथिल्लो तलाबाट सुन्दर रानीपोखरीसहित आसपासका क्षेत्रको अवलोकन गर्नबाट पनि विद्यार्थी वञ्चित भएका छन् । विद्यालयमा प्रतिकक्षा ३६ जना बस्न मिल्ने गरी पूर्वाधार तयार गरिएको छ ।

हाल भानु मााविमा कक्षा एक देखि १० सम्म २०३ र संस्कृत माविमा ३०० जना विद्यार्थी छन् । शहरी क्षेत्रमा निजी विद्यालयको प्रभाव बढेपछि यस्ता ऐतिहासिक महत्वका सामुदायिक विद्यालयमा समेत विद्यार्थीको सङ्ख्या घटेको यथार्थबीच यहाँका शिक्षकहरु आगामी दिनमा विद्यार्थी बढाउन जुटेका छन् । निजी विद्यालयसँग प्रतिस्पर्धाकै लागि यस विद्यालयले अङ्ग्रेजी माध्यममै पठनपाठन गराउँदै आएको छ ।




मतहरू

Game Kit

Game Kit

Natural Vitamin E (Mixed Tocopherol)

Natural Vitamin E (Mixed Tocopherol)

High Rate Discharge Price

High Rate Discharge Price

Featured Products

Featured Products

Anthralin Powder

Anthralin Powder

Plastic Rod

Plastic Rod

Cat6 Utp Cable

Cat6 Utp Cable

Aluminum Foil Packaging

Aluminum Foil Packaging

12v 150ah Wiederaufladbare Batterie Lifepo4

12v 150ah Wiederaufladbare Batterie Lifepo4

Hair Removal Beauty Equipment

Hair Removal Beauty Equipment

Guangzhou Zixuan Tattoo & Permanent Makeup Co., Ltd.

Guangzhou Zixuan Tattoo & Permanent Makeup Co., Ltd.

1000 Litre Beer Brewing Equipment

1000 Litre Beer Brewing Equipment

Copper Pipe Floor Flange

Copper Pipe Floor Flange

Office Note

Office Note

China Custom 7-Day Pill Box

China Custom 7-Day Pill Box

Fold Up Drying Rack

Fold Up Drying Rack

ANIMAL CHAIN

ANIMAL CHAIN

Amazfit Verge Smart Watch

Amazfit Verge Smart Watch

Made In China Flour Mill

Made In China Flour Mill

Adhesive Tapes

China Adhesive Tapes

China Marine Engine Exhaust Valve

Marine Engine Exhaust Valve

Cyfluthrin 5% EC

Cyfluthrin 5% EC

Howo Tractor Trailer Price

Howo Tractor Trailer Price

dislips

Propecia

endophy

http://buystromectolon.com/ - Stromectol

kagealt

Cialis

zowcale

https://buypropeciaon.com/ - Propecia

Idoferb

http://buyzithromaxinf.com/ - Zithromax

????Chanel????????????N??

Forced Hand Dryer ????Chanel????????????N??


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु