बुधबार १२ फाल्गुन, २०७७ (Wednesday February 24, 2021)

हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाको ११ औं बार्षिक साधारणसभा सम्पन्न

शनिबार १७ माघ, २०७७ फिल्म ~ शाला टिभी 1052


हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाको ११ औं बार्षिक साधारणसभा सम्पन्न

काठमाडौंको तीनकुनेमा मुख्य कार्यालय र जोरपाटीमा सदस्य सेवाकेन्द्र रहेको हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लि. को यही भाद्र २७ गते क्वालिटी बैंक्वेट , बुद्धनगर , काठमाडौंमा सम्पन्न १०औँ वार्षिक साधारणसभाले बाशुदेव चिमिरेलाई सो संस्थाको सञ्चालक समितिको पुन: अध्यक्षमा चयन गरेको छ । उक्त सञ्चालक समितिको उपाध्यक्षमा देवी खड्का , सचिवमा सागरप्रसाद पोखरेल , कोषाध्यक्षमा विनोदकुमार थापा तथा सदस्यहरुमा क्रमश: सुमन थापा , किरण मोक्तान , नवीन तण्डुकार अर्जुन कार्की र दानकुमारी राई र लेखा सुपरीवेक्षण समितिको संयोजकमा नारायणदेव श्रेष्ठ तथा सदस्यमा अङ्गबहादुर खड्का र डा. केशवप्रसाद श्रेष्ठ रहनु भएको छ ।

 

सो साधारणसभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी महासंघ लि. , नेपालका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेलले हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लि. ले स्थापना भएको छोटो समयमा गरेको प्रगति र यसको योजना देख्ता आफूलाई खुशी लागेको बताउदै सहकारी ऐन , २०७४ मा बहुउद्देश्यीय लगायतका विषयगत सहकारी संघ/संस्थाहरुले २०७७ असोजसम्ममा दर्ता हुँदाको मुख्य उद्देश्यमा ७० प्रतिशत र बचत तथा ऋण कारोवार ३० प्रतिशत गर्नु पर्छ भन्ने व्यवस्था व्यवहारिक नदेखिएकोले त्यसको संशोधनको लागि मस्यौदा तयार भई सकेकोले यो संशोधनको प्रक्रियामा अगाडि बढेको छ भन्नुभयो । उक्त साधारणसभामा सो संस्थाका अध्यक्ष बाशुदेव घिमिरेले सोही संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लि. को कार्यक्षेत्र काठमाडौं जिल्लाबाट ललितपुर , भक्तपुर , काभ्रेपलाञ्चोक , सिञ्धुली र रामेछाप जिल्लासम्म विस्तार गर्ने प्रस्ताव गर्दै अध्ययनका क्रममा उपत्यका केन्द्रित लघुवित्त दोहोरो सदस्यका कारण जोखिमपूर्ण देखिएकोले यस संस्थाले काठमाडौं जिल्ला बाहेकका ग्रामीण क्षेत्रमा कार्यक्षेत्र विस्तार गरी ग्रामीण भेगलाई लक्षित गरी समूह गठनको कार्य अघि बढाइने बताउनुभयो । उहाँले २०७७ असोजभित्र कुल कारोवारको ७० प्रतिशत  ऋण तथा बचत बाहेकको मुख्य उद्देश्य अनुरुप गर्नु बाध्यात्मक अवस्थालाई मध्यनजर गर्दै उचित व्यवसाय छनौट गर्न विभिन्न क्षेत्रका विज्ञहरु सहित विभिन्न जिल्लाहरुमा गएर अध्ययन भ्रमण गरेको बताउदै सिञ्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका वडा नं.५ मा कृषि पर्यटनको सम्भावना भएकोले उक्त स्थानमा सदस्यहरु सँगको सहकार्यमा कृषि तथा पशु फार्म र रिसोट स्थापना गर्नुका साथै कृषि फार्ममा उत्पादित बस्तुहरु , उत्पादक सदस्यहरुको विभिन्न उत्पादनहरुको प्रशोधन तथा विक्रीको लागि काठमाडौंमा प्रशोधन तथा विक्री स्थल सञ्चालन गर्ने गरी व्यवसायिक योजना तयार गर्न रु.३,५०,००० र व्यवसायिक लगानीका लागि चालु वर्ष रु.१,४९,२५,००० लगानी प्रस्ताव गरिएको छ भन्नुभयो । सो संस्थाका अध्यक्ष बाशुदेव घिमिरेको अध्यक्षता र सचिव सागरप्रसाद पोखरेलको सञ्चालनमा भएको  त्यस साधारणसभामा लेखा सुपरीवेक्षण समितिले पेश गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ मा सदस्य संख्या १,९७० , शेयर पूँजी रु.३,०८,११,६०० , कुल बचत संकलन रु.१३,५९,४०,९४४/५० , कुल ऋण सापटी रु.५,८४,६४,१५३/६५ , कुल ऋण लगानी रु.२०,६९,७६,६७५/२० , कुल आम्दानी रु.४,०४,९०,२७४/३३ , कुल खर्च रु.३,४४,४३,०१७/५१ , कुल बचत रु.६०,४७,२५६/८२ रहेको उल्लेख  छ ।

त्यस अवसरमा सोही संस्थाका शेयर सदस्यहरु डा. रेवतीरमण श्रेष्ठ , कृष्णप्रसाद दाहाल र प्रविण बुढाथोकीलाई सम्मान गरिएको थियो ।




मतहरू

Jdbxnuabe

viagra distributors by viagra online viagra dubai online http://llviabest.com/ - online viagra in australia ’

Roger

This text is worth everyone's attention. Where can I find out more? otc Viagra https://viagrafirst.com/

FvfcPhago

india generic viagra sign up viagra canadian pharmacy generic viagra


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु