सोमबार ७ असार, २०७८ (Monday June 21, 2021)

सबै बैंकलाई पछि पार्दै वितरण योग्य मुनाफामा पहिलो नम्बरमा नविल बैंक 

आईतवार १८ माघ, २०७७ फिल्म ~ शाला टिभी 1343


सबै बैंकलाई पछि पार्दै वितरण योग्य मुनाफामा पहिलो नम्बरमा नविल बैंक 

माघ १८, काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार सबै बैंकलाई पछि पार्दै नविल बैंकले पहिलो स्थान प्राप्त गरेको छ । 

दोस्रो त्रैमाससम्म नविल बैंकको १ अर्ब ८४ करोड २८ लाख रुपैयाँ भन्दा धेरै वितरण योग्य मूनाफा देखिएको छ । नविलको अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ४५ करोड रुपैयाँमात्रै वितरण योग्य मुनाफा थियो ।

त्यसैगरी दोस्रो स्थानमा भने एनएमबि बैंक देखिएको छ । एनएबि बैंकले एक अर्ब ५० करोड ९६ लाख ९० हजार रुपैयाँ वितरण योग्य मूनाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा एनएमबिको १ अर्ब ११ करोड रुपैयाँ रहेको थियो । वितरण योग्य मूनाफामा एनआईशी एशिया, ग्लोबल आईएमई बैंक लगायतलाई एनएमबिले उछिनेको छ ।

तेस्रो नम्बरमा वितरण योग्य मूनाफा धेरै कमाउने ग्लोबल आइएमई बैंक देखिएको छ । खुद मूनाफामा सबै भन्दा अगाडि देखिएको ग्लोबल आइएमई बैंकले वितरण योग्य मूनाफा भने ६ महिनामा १ अर्ब ४३ करोड २० लाख रुपैयाँ आर्जन गरेको छ ।

यसैगरी चौथोमा प्राइम कमर्सीयल बैंक, पाँचौमा प्रभु बैंक र छैठौंमा सानिमा बैंकको वितरण योग्य मूनाफा धेरै देखिएको छ । यि बैंकहरुको क्रमशः १ अर्ब २६ करोड ४२ लाख, ९९ करोड ९८ हजार र ८९ करोड २६ हजार रुपैयाँ वितरण योग्य मूनाफा देखिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमका सभापति अम्बिका प्रसाद पौडेल सेयर लगानीकर्ताहरुका लागि वितरण योग्य मूनाफाको विशेष अर्थ रहेको बताउँछन् । कम्पनीको सेयर किन्न चाहाने वा लगानीकर्ताले अन्य वितरण योग्य मूनाफा कति छ भनेर हेर्नु पर्ने उनको सुझाव छ । यो बढ्दा लगानीकर्तालाई राम्रो हुने र घट्दा लगानीकर्तालाई बेफाइदा हुने उनले बताए । 

 




मतहरू

Loan Cash

[url=https://ricklending.com/]direct lender payday[/url]


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु