बुधबार १२ फाल्गुन, २०७७ (Wednesday February 24, 2021)

सवारी साधनमा सन्देशमुलक स्टीकर टाँसियो

आईतवार १८ माघ, २०७७ माधव ढकाल  1206


सवारी साधनमा सन्देशमुलक स्टीकर टाँसियो

माघ १८, रामेछाप । मन्थलीमा आसपास तथा मन्थली हुँदै अन्यत्र चल्ने सार्वजनिक यातयातका साधनहरुमा फोहोरमैला तथा सडक सुरक्षासँग सम्बन्धित चेतनामुलक स्टीकर टाँसिएको छ । 

 

उक्त कार्यक्रमले सवारी साधनबाट उत्पादन हुने फोहोरमैला न्युनीकरणमा सहयोग पुगी सफा, सुन्दर तथा स्वच्छ मन्थली नगर निर्माणमा योगदान पुग्ने वातावरण संरक्षण परियोजनको परियोजना व्यवस्थापक मिलन कुमार घिसिङले बताए । 
यस कार्यक्रम एक हप्तासम्म निरन्तर रहने साथै सवारी साधानहरुले अनिवार्य डस्टबिन व्यवस्थापन गर्ने र सो को अनुगमन नगर प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालयले गर्ने  जिल्ला ट्राफिक प्रहरी प्रमुख रामेश्वर पाण्डेले बताए ।
 

उक्त कार्यक्रम वातावरण संरक्षण परियोजनाको आयोजनामा नागरिक संघ संस्थाको प्रतिनिधि, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको समन्वयमा मन्थली स्थित ट्राफिक बिटमा सम्पन्न गरिएको थियो ।
                                                                                                    तस्बिरः माधव ढकाल 


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु