शुक्रबार २३ माघ, २०७७
माघ २३, काठमाडौं । शुक्रबार नेकपा ओली समूहले नारायणहिटी दरबार संग्राहलय अगाडि गरेको सभा इतिहासकै सबैभन्दा ठूलो भएको अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
प्रचण्ड–माधव समूहले सभामा आउन नदिन नेपाल बन्द गरेर तर्साउन खोजिएको भन्दै ओलीले भने, ‘बाटामा खाल्टा खनियो, बम राखेर विप्लव लेखियो तर यो भेललाई रोक्न सकेन ।’
सभास्थलको दायाँ सञ्चयकोष, बाँया जयनेपाल हल र अगाडि घण्टाघरसम्म पनि जनताहरु नअटाएको उनको दाबी छ ।