सोमबार २६ माघ, २०७७
माघ २६, काठमाडौं । प्रिओपन सेसनमा करिब ३० अंक भन्दा धेरैले बढेको नेप्से परिसूचक सोमबार साताको दोस्रो दिन कारोबार खुलेको ५ मिनेटमा नै सेयर बजार ३६ अंकले बढेको छ ।
पछिल्लो समय लघुवित्तहरुले आकर्षक लाभांश घोषणा गर्न थालेपछि लगानीकर्ताहरु आकर्षित भएका हुन् । फरवार्ड माइक्रोफाइनान्स लगायतको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ ।
सेयर बजारमा आइतबार नयाँ रेकर्ड नै कामय भएको थियो । यहि अनुपातमा सोमबार पनि बढ्ने हो भने नयाँ किर्तिमान कायम हुने देखिन्छ ।