बुधबार १२ फाल्गुन, २०७७ (Wednesday February 24, 2021)

काठमाडौंको ठाउँ–ठाउँमा ‘वाटर एटीएम’ राखिँदै, एक रुपैयाँमा एक कप पानी

शुक्रबार ३० माघ, २०७७ फिल्म ~ शाला टिभी 1106


काठमाडौंको ठाउँ–ठाउँमा ‘वाटर एटीएम’ राखिँदै, एक रुपैयाँमा एक कप पानी

माघ ३०, काठमाडौं । काठमाडौंमा वाटर एटिएम बिहिबारदेखि संञ्चालनमा आएको छ । 

नेपाल सरकार खानेपानी मन्त्रालय, काठमाडौं महानगरपालिका र काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको संयुक्त प्रयासमा वाटर एटीएम संञ्चालनमा आएको हो ।

खानेपानी मन्त्री मणिचन्द्र थापाले एक कार्यक्रमकाबीच वाटर एटीएमको उद्घाटन गरे । पहिलो चरणमा रत्नपार्क, बालाजु र स्वयम्भु भगवान पाउमा वाटर एटीएम सञ्ञ्चालनमा आएको छ ।

यस क्षेत्रमा वाटर एटीएम जडान भएसंगै स्वच्छ र गुणस्तरीय पानी पिउने सुविधा उपलब्ध भएको छ । उपभोक्ताले वाटर एटीएमबाट उपलब्ध हुने पानीका लागि प्रति २ सय मिलिमिटर(एक कप) का लागि १ रुपैयाँ तिर्नुपर्नेछ । पानीको प्रति लिटर ५ रुपैयाँ तिर्नुपर्छ । 

यस एटीएमबाट जाडोमा तातो र गर्मीमा चिसो पानी उपलब्ध गराउने प्रणाली जडान गरिएको छ । यो वाटर एटीएमलाई ३ महिना सम्म सप्लार्यसले नै सञ्चालन गर्ने र ३ महिना बोर्डलाई हस्तान्तरण गरिने छ । 

उपभोक्ताले एटीएमबाट पानी लिनका लागि एक रुपैयाँका सिक्का प्रयोग गर्नुपर्ने छ । ३ हप्ताभित्र विभिन्न १५ वटा स्थानमा यस्ता एटीएम जडान गरिने काठमाण्डौं उपत्यका खानेपानी बोर्डका कार्यकारी निर्देशक सञ्जीव बिक्रम रानाले जानकारी दिए ।

सार्वजनिक स्थानमा राखिने वाटर एटीएमले आम सर्वसाधरणलाई सुलभ मूल्यमा स्वच्छ पानी पिउन सक्ने सुविधा दिने विश्वास महानगरले लिएको छ ।

एक हप्तामा कलंकी, मालपोत, बानेश्वर, बंगलामुखी मन्दिर, कसुन्ती यातायात कार्यालय र शंखपार्क धुम्बराहीमा संचालन गर्ने तयारी गरिएको छ । 

काठमाण्डौ ललितपुर र भक्तपुरका विभिन्न स्थानमा संचालनमा ल्याईने वाटर एटीएमको लागत २ करोड रुपैयाँ रहेको छ ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु