शुक्रबार ३० माघ, २०७७
माघ ३०, काठमाडौं । देशका विभिन्न ठाउँमा भएको महिला हिंसा एवं प्रतिगमनको विरुद्धमा काठमाडौंमा महिला मार्च गरिएको छ ।
काठमाडौंको बसन्तपुरबाट शुक्रबार सुरु भएको आन्दोलन रत्नपार्क हुँदै सिंहदरबारतर्फ आएको छ । सरकारले महिला हिंसा रोक्न नसकेको, बलात्कार र हत्याका घटनाहरू नरोकिएको भन्दै विरोध ¥यालीमा आक्रोश पोखिएको छ ।
प्रदर्शनमा उत्रिएका उनीहरूले ‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ नामको ब्यानरमा महिला हिंसा बन्द गर्न, बलात्कारीलाई सजाय दिन, हत्यारा पहिचान गरी कारबाही गर्न माग गरेका छन् ।
विरोध कार्यक्रममा जनता समाजवादी पार्टीकी नेतृ एवं पूर्वमन्त्री हिसिला यमी, राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी लगायत सहभागी थिए ।
सहभागीहरूले मार्चमा प्रतिकात्मक रूपमा शवयात्रा गरेका छन् । जसमा एकोहोरो शंख बजाउँदै प्रतिगमनको विरोध गरिएको थियो । टाउकोमा सेतो कपडा बेरेर सेतो धोती लगाएका केही युवाहरूले प्रतिकात्मक शवलाई बोकेर शवयात्रा गरेका थिए ।
बलात्कारपछि हत्या गरिएका कञ्चनपुरकी निर्मला पन्त, बैतडीकी भागरथी भट्ट लगायतलाई न्यायको माग आन्दोलनकारीले गरेका छन् । उनीहरूले दिनहुँ महिला एवं बालिकाहरू असुरक्षित रहँदा पनि सरकारले उनीहरूलाई न्याय दिन नसकेको भन्दै उनीहरूले आक्रोश पोखेका छन् ।
Labxnuabe
best price for cialis 20 mg differenza tra cialis e tadalafil cialis class of medication