आईतवार २ फाल्गुन, २०७७
फागुन २, काठमाडौं । निर्वाचन आचारसंहिताको मस्यौदा तयार भैसकेको र सो मस्यौदाबारे राजनीतिक दलहरुसँग आज छलफल गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आचारसंहिताको मस्यौदामा राय परामर्श लिन बिहान ११ बजे दलहरुलाई बोलाइएको जानकारी दिए ।
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवासहित सबै पार्टीका अध्यक्ष तथा सभापतिहरुलाई आयोगले छलफलका लागि बोलाएको छ । निर्वाचन आचारसंहिता दलहरुसँग छलफल गरिसकेपछि सार्वजनिक गर्ने आयोगले जनाएको छ ।