आईतवार २ फाल्गुन, २०७७
फागुन २, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले चौथो चरणको आन्दोलन फागुन ६ गते गर्ने घोषणा गरेको छ ।
आइतबार केन्द्रीय संघर्ष समितिले पत्रकार सम्मेलन गरी प्रतिगमन, महंगी र महिला हिंसाको विरोधमा फागुन ६ गते मानव साङ्गोले टुँडिखेल घेर्ने घोषणा गरेको छ ।
उपत्यका र बाहिर सबै जिल्लामा ९ गते महिलाहरुको प्रदर्शन गर्ने पनि उनले बताएका छन् ।
गत माघ १३ देखि २८ गतेसम्म प्रचण्ड–माधव समूहले तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु गरेका थिए ।