सोमबार ३ फाल्गुन, २०७७
फागुन ३, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले प्रतिगमनविरुद्ध नाटक देखाउने तयारी गर्दैगर्दा प्रहरीले उनीहरुको साथबाट नाटकका लागि आवश्यक सामग्रीहरु खोसेर लगेको छ ।
उनीहरुको सामग्री प्रहरीले खोसेर लगेपछि अहिले त्रिविको रेक्टर कार्यालय विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरिरहेका छन् ।
सरकारविरुद्धको उक्त प्रदर्शनमा प्राध्यापकहरु पनि सहभागी भएका छन् ।