बुधबार ५ फाल्गुन, २०७७
कलाकार, निर्माता तथा लेखक दिपकराज गिरीले चलचित्रको बिषयमा कहिले पनि सिकेर नसकिने भन्दै उनले आफैले बनाएका चलचित्रमा पनि धेरै भुल देख्ने बताए ।
उनले भने–‘मैले बनाएको चलचित्रमा म आफै ७० वटा भन्दा बढी भुल देख्छु । मलाई मन नपराउनेहरुले त २ सय भन्दा बढी भुल देख्नुहुन्छ । यही नै हाम्रो गुरु हो । यसबाट नै हामीले सिक्ने हो ।’
चलचित्र क्षेत्रमा लेखक नै पाउन गारो भएको दिपकले सुनाए । उनले भने, ‘हाम्रो देशमा एकसे एक निर्देशक छन्, एकसेएक प्राविधिक छन् । तर, एकसे एक लेखक छैनन् ।’
निर्माता दिपक राज गिरीले आफूले निर्माण गर्ने चलचित्र अहिले सम्म आफैँ लेख्दै आएका छन् । उनले, आफूले खोजे जस्तो कथा लेख्ने अर्को लेखक पाएको खण्डमा काम गर्ने बताउँदै आएका छन् ।