शनिबार १ जेष्ठ, २०७८ (Saturday May 15, 2021)

नेपालमा चिनियाँ खोपलाई आपत्कालीन प्रयोगको अनुमति

बिहीबार ६ फाल्गुन, २०७७ फिल्म ~ शाला टिभी 1260


नेपालमा चिनियाँ खोपलाई आपत्कालीन प्रयोगको अनुमति

फागुन ६, काठमाडौं । बेइजिङ इनस्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट कर्पाेरेसनले उत्पादन गरेको कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ नामक खोपलाई नेपालमा आपत्कालीन प्रयोगको अनुमति दिइएको औषधि व्यवस्था विभागले जानकारी दिएको छ ।

१६ जनवरी, २०२१ मा सो खोपलाई अनुमति दिएको विभागले जारी गरेको सूचनामा उल्लेख गरेको छ । तर खोपलाई आपतकालीन प्रयोगको अनुमति दिइएको जानकारी दिन प्रकाशित सूचनामा भने विभागका अधिकारीले १७ फेब्रुअरी २०२१ मा हस्ताक्षर गरेका छन् ।

नेपाललाई चीनले पाँच लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको छ । हाल भने नेपालमा भारतले अनुदानमा दिएको १० लाख डोज कोभिसिल्ड खोप प्रयोग हुँदै आएको छ ।




मतहरू


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु