सोमबार ६ बैशाख, २०७८ (Monday April 19, 2021)

सरकारले संविधान मिच्दैन र मिच्न दिँदैनः प्रधानमन्त्री ओली 

शुक्रबार ७ फाल्गुन, २०७७ फिल्म ~ शाला टिभी 1297


सरकारले संविधान मिच्दैन र मिच्न दिँदैनः प्रधानमन्त्री ओली 

फागुन ७, काठमाडौं । ७१ औं प्रजातन्त्र दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले लोकन्त्रको बाटो नबिराउने बताएका छन् ।

आज टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकारले लोकतान्त्रिक बाटो बिराउँदैन, संविधान मिच्दैन र मिच्न दिँदैन । जनताको अभिमतभन्दा विपरीत जाँदैन र जान दिँदैन ।’

उनले देशलाई अस्थिरताबाट जोगाउन र जनअनुमोदित प्रक्रियामा जाने बाटो ताजा जनादेश भएको भन्दै निर्वाचित मितिमा चुनाव हुनुपर्नेमा जोड दिएका छन् ।

लोकतन्त्रलाई अलमलमा पार्ने क्रियाकलाप कसैले गर्न नहुने भन्दै उनले भने, ‘सानातिना मतभेदलाई छोडेर बृहत्तर राष्ट्रिय हितमा एकताबद्ध भएर अगाडि बढौं ।’
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु