सोमबार ७ असार, २०७८ (Monday June 21, 2021)

आगामी जुनबाट पाकिस्तान सुपर लिगको बाँकी खेल सुरु 

शुक्रबार २८ फाल्गुन, २०७७ फिल्म ~ शाला टिभी 1168


आगामी जुनबाट पाकिस्तान सुपर लिगको बाँकी खेल सुरु 

फागुन २८, काठमाडौं । आगामी जुनबाट पाकिस्तान सुपर लिग (पीएसएल) टी–२० क्रिकेट २०२१ को बाँकी खेलहरु कराँचीमा गर्ने तयारी भएको छ । 

सहभागी फ्रेन्चाइजसँग छलफलपछि पाकिस्तान क्रिकेट बोर्डले प्रतियोगिताको बाँकी खेल जुनबाट सुरु गर्ने निर्णय गरेको हो । 

दुई साता अघि खेलाडी र स्टाफमा कोरोना भाइरसको संक्रमण देखिन थालेपछि प्रतियोगिता स्थगित गरिएको थियो ।

पाकिस्तान सुपर लिगमा लाहोर कलन्दर्सबाट खेल्न नेपालका सन्दीप लामिछाने पनि कराँची पुगेका थिए । तर लिग स्थगित भएपछि सन्दीप नखेली फर्किए । सुरुमा सन्दीप टिममा नरहेपनि रासिद खानले कलन्दर्स छाडेपछि सन्दीपलाई टिममा राखिएको थियो ।
 




मतहरू

panoinogy

cialis 40 mg


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु