शुक्रबार २८ फाल्गुन, २०७७
फागुन २८, काठमाडौं । सभापति शेरबहादुर देउवालाई नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले आफ्नो नेतृत्वमा सरकार गठनको प्रयास गर्न आग्रह गरेको छ ।
सभापति देउवाले सरकार गठनमा निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) का नेताहरुसँग भेट्नुअघि दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाएको छ ।
महामन्त्री शशांक कोइरालाको निवासमा त्यो भन्दा पहिले पौडेल समूहका नेताहरु भेला भएका थिए । भेलामा सहभागी एक नेता भन्छन्, ‘पदाधिकारी बैठकमा सभापतिजीलाई आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्नुस्, हाम्रो सहयोग रहन्छ भन्छौं ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्र ब्युँतिएपछि जसपाको सहयोग लिन खोजेका छन् । त्यसैगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सरकार बनाउन प्रस्ताव गरेका छन् ।
यो विषय नेताहरुकाअनुसार जसपा नेताहरुसँग शुक्रबार हुने छलफलमा धेरै भर पर्छ ।