सोमबार ६ बैशाख, २०७८ (Monday April 19, 2021)

धुर्मस–सुन्तली फाउण्डेशनले सुरु गर्यो मेची–महाकाली अभियान

सोमबार ९ चैत्र, २०७७ फिल्म ~ शाला टिभी 1075


धुर्मस–सुन्तली फाउण्डेशनले सुरु गर्यो मेची–महाकाली अभियान

चैत ९, चितवन । धुर्मस–सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा आर्थिक सहयोग जुटाउन मेची–महाकाली अभियान सुरु गरिने भएको छ ।

पश्चिमको कन्चनपुरबाट चैत १० गते सो अभियानको शुभारम्भ गर्न लागिएको धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले जानकारी दिए ।

यो अभियान महाकाली नदीको किनारबाट सुरुवात हुने उनले बताए । सोमबार बिहान अभियानमा सहभागी हुने टोलीलाई रंगशालामा काम गर्ने मजदुरहरुले टीका, मालासहित ४ हजार ४०५ रुपैयाँ सहयोग गरेर बिदाइ गरे ।
फाउण्डेशनका अध्यक्ष कट्टेलले भने, ‘महाकाली नदी, लुम्बिनी र मेची नदीको माटो ल्याएर वैशाखमा तयार गर्ने लक्ष्य राखिएको रंगशालाको मैदानमा राख्ने योजना छ, हाम्रो अभियानका क्रममा यहीँबाट माटो ल्याउँछौं र पिचमा समाहित गछौं,’ उनले भने, ‘रंगशाला निर्माण सबै जसो जिल्लाको सहभागीता, अपनत्व र योगदान रहोस् भनेर मेची महाकाली अभियान सुरु गर्न लागेका हौं ।’

रंगशालामा ७७ वटै जिल्लाका कोठा रहने भएकोले एउटा जिल्लाले आफ्नो कोठा निर्माणमा सहयोग गर्न सके त्यसले सकारात्मक सन्देश दिने कट्टेलले बताए । उनले हरेक जिल्लामा दुई दिन रहेर रंगशालाका बारेमा जानकारी गराउने तथा अभियानमा जोड्ने प्रयास गरिने बताए । 

सबै जिल्लाका पालिकाहरुलाई पत्राचार गरिसकिएको छ । कलाकार कट्टेलसहित अर्जुन घिमिरे ‘पाँडे’, सामाजिक अभियन्ता अजुर्न भुसाललगायत सो टोलीमा रहनेछन् ।

सो अभियान महाकालीबाट सुरु गरी कन्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, सुर्खेत, कपिलवस्तु, रुपन्देही, परासी, नवलपुर र चितवनसम्म आउने छ ।

रंगशालामा केही समय रोकिएपछि फेरि पूर्वी जिल्लाको अभियान सुरू गरिने फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताए ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु