सोमबार ६ बैशाख, २०७८ (Monday April 19, 2021)

खोप लगाएका व्यक्तिमा कोरोना संक्रमण

मंगलवार १० चैत्र, २०७७ फिल्म ~ शाला टिभी 1077


खोप लगाएका व्यक्तिमा कोरोना संक्रमण

चैत १०, काठमाडौं । नोवेल कोरोना भाइरस कोभिड–१९को खोप फागुन २३ गते लगाएका व्यक्तिलाई संक्रमण भएको छ ।

टेकु अस्पतालका निर्देशक सागरराज भण्डारीले जानकारी दिए अनुसार काठमाडौंका ७५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
 
खोप लगाएपछि शरीरमा इम्युनिटी विकास हुन एक महिनासम्म लाग्ने चिकित्सकहरुले बताए । ‘निमोनिया, खोकी लगायत लक्षण देखिएको छ । इम्युनिटी बन्नुअघि संक्रमण भएछ,’ निर्देशक भण्डारीले भने, ‘खोप लगाउनासाथ इम्युनिटी बन्दैन । कम्तिमा १ महिना लाग्छ । त्यसैले सचेत हौं ।’

टेकु अस्पतालमा सोमबार ७४ जनाको परीक्षण गर्दा ६ जनामा पोजेटिभ देखिएको थियो । यसअघि दैनिक १÷२ जनामा मात्र संक्रमण पुष्टि हुने गरेको थियो ।

अहिले आईसीयूमा ४ जना संक्रमित र ६ जना वार्डमा छन् ।
 




मतहरू

Lmoppnuabe

http://essaywriteris.com/ - essay writing websites write my college essay for me write my essay review buy essays cheap


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु