सोमबार ६ बैशाख, २०७८ (Monday April 19, 2021)

सांसदको प्रश्न सरकारलाईः लिपुलेक कहिले फिर्ता आउँछ ?

मंगलवार १० चैत्र, २०७७ फिल्म ~ शाला टिभी 1071


सांसदको प्रश्न सरकारलाईः लिपुलेक कहिले फिर्ता आउँछ ?

चैत १०, काठमाडौं । सरकारलाई नेपाली कांग्रेसका सांसद जीप छिरिङ लामाले लिपुलेक कहिले फिर्ता आउँछ ? भनेर प्रश्न सोधेका छन् ।

मंगलबार भएको प्रतिनिधिसभा बैठकमा उनले भने, ‘दार्चुलाको लिपुलेक भारतमा पर्यो भनेर सरकारले नक्सा पारित गर्यो । सबै राजनीतिक पार्टीले एकमतले पास गर्यो ।

लोगो पनि सरकारले माननीयलाई बाँड्यो । लोगो मात्रै लगाएर हिँड्ने कि जमिन फिर्ता आउँछ ?’

यो विषयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत भ्रमणमा जाँदा कुरा गर्न खोजेको तर, भारत सरकारले सुन्न नचाहेको उल्लेख गर्दै सांसद लामाले नयाँ नक्सा अनुसारको जमिन फिर्ता ल्याउने के पहल भइरहेको छ भनी सोधेका हुन् ।




मतहरू

JvbdCleaB

https://essaywritera.com/ - professional essay writing service essay writting services best college essay editing service college essays writing services


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु