बुधबार ११ चैत्र, २०७७
चैत ११, काठमाडौं । राष्ट्रिय कार्यकर्ता भेला गरेर नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अनेरास्ववियुमा समानान्तर कमिटी बनाएको छ ।
समानान्तर अखिलको अध्यक्ष सुदेश पराजुली, सहअध्यक्ष ओसिम आलम र महासचिव आरती लामा चयन गरिएको छ । उनीहरु साविकको एमालेमा तीनैजना सचिव थिए ।
अखिल नेपाल महिला संघ र युवा संघ नेपालमा पनि माधव समूहले समानान्तर कमिटी बनाएको छ ।