सोमबार ६ बैशाख, २०७८ (Monday April 19, 2021)

जर्मनीले १० मिलियन युरो नेपाललाई अनुदानमा दिने

बिहीबार १२ चैत्र, २०७७ फिल्म ~ शाला टिभी 1088


जर्मनीले १० मिलियन युरो नेपाललाई अनुदानमा दिने

चैत १२, काठमाडौं । नेपालको ग्रिन रिकभरी र समावेशी विकासका लागि जर्मनीले नेपाललाई १० मिलियन युरो अनुदान दिने भएको छ । 

अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड सेइफेरबीच यससम्बन्धमा सम्झौता भएको हो ।

यो सम्झौताले नीति र सार्वजनिक क्षेत्रलाई ग्रिड जोडिएको सोलार फार्म विस्तार गर्न, सोलार इरिगेसन विस्तार गर्न र अन्य गतिविधि विस्तार गर्न निकै सहयोग पुर्याउनेछ ।

नेपालको ग्रामीण भेगमा सो सहयोग केन्द्रित हुनेछ । ‘जर्मनीले नेपाललाई आजको सहयोगमार्फत आर्थिकरुपमा चुनौतीपूर्ण रहेको अवस्थामा ऐक्यवद्धता जनाएको छ र जर्मनीलाई जलवायु परिवर्तनले खडा गरेको चुनौती सामना गर्न विश्वव्यापीरुपमा भएको प्रयासलाई सहयोग पुर्याएको छ,’ नेपालका लागि जर्मनीका राजदूत सेइफेरले भनेका छन् ।

आर्थिक वृद्धिका लागि ऊर्जा एक महत्वपूर्ण तत्व हो तर ऊर्जा क्षेत्रले ग्रिन हाउस ग्यास उत्सर्जन गरिरहेको उनले बताए । यो चुनौती सामना गर्न सबै मुलुक एक ठाउँमा आउन आवश्यक छ ।
 




मतहरू

LecfPhago

https://hopeviagrin.com/ - difference between viagra and cialis https://lightvigra.com/ - buy viagra online without prescription https://xuypharmacyonline.com/ - rx plus pharmacy https://online21rxon.com/ - college pharmacy https://happyrxpharmacy21.com/ - rightsource pharmacy https://storerxpharmcanada.com/ - rye beach pharmacy


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु