सोमबार ६ बैशाख, २०७८ (Monday April 19, 2021)

केयूकेएलले आईपीओ जारी गर्नका लागि योजना अघि बढाउँदै 

बुधबार १८ चैत्र, २०७७ फिल्म ~ शाला टिभी 1075


केयूकेएलले आईपीओ जारी गर्नका लागि योजना अघि बढाउँदै 

चैत १८, काठमाडौं । आइतबारदेखि काठमाडौं उपत्यकाका केही ठाउँमा मेलम्चीको पानी वितरण शुरु भएसँगै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का सीईओ मिलन शाक्यले भविष्यमा जनताका लागि पनि केयूकेएलको सेयर जारी गर्ने घोषणा गरेका छन् । 

केयूकेएलले काठमाडौंमा पानी आएपछि साधारण सेयर (आईपीओ) जारी गर्नका लागि योजना अघि बढाउने भएको हो । गएका तीन आर्थिक वर्षको लेखा परीक्षण गर्दै गरेको कम्पनी लगातार नाफामा देखिए अर्को आर्थिक वर्षमा नै सेयर जारी गर्न पाउनेछ ।

केयूकेएलका सीईओ मिलन शाक्यले भने, ‘काठमाडौंमा मेलम्चीको पानी वितरण शुरु भएसँगै हाम्रो वित्तीय अवस्था सुध्रिनेछ । त्यसो भएमा केही समयमै कम्पनीको प्रबन्धपत्र अनुसार जनताका लागि कम्पनीको सेयर जारी गर्न सकिनेछ । ’


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु