सोमबार ६ बैशाख, २०७८ (Monday April 19, 2021)

एकसातापछि बेनी–जोमसोम सडकमा सिधा यातायात सञ्चालन

शुक्रबार २० चैत्र, २०७७ फिल्म ~ शाला टिभी 1081


एकसातापछि बेनी–जोमसोम सडकमा सिधा यातायात सञ्चालन

चैत २०, बेनी । एक सातापछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा सिधा यातायात सञ्चालन भएको छ । 

गत चैत १४ गतेदेखि सडकखण्डअन्तर्गत म्याग्दी र मुस्ताङको सीमा क्षेत्रमा पर्ने काभ्रेभिरमा विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा बनाउन यातायात बन्द गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङबाट अनुमति लिएर एक सातासम्म विस्फोटक पदार्थ प्रयोग गरी सडक फराकिलो बनाउने काम गरिएको हो ।

आयोजनाका सूचना अधिकारी अश्विनीकुमार यादवले जानकारी दिए अनुसार बन्द भएको सडक आजदेखि सञ्चालन भएको छ । गत पुसदेखि निर्माण कम्पनी शर्मा–गजुरमुखी जेभीले पहाड काट्ने काम गर्दै आएको थियो ।

बेनी–जोमसोम सिधा सवारी सञ्चालन भएसँगै एक सातादेखि बेनी हुँदै जोमसोम र जोमसोमबाट बेनी हुँदै आवतजावत गर्ने पर्खाइमा रहेका यात्रुलाई सहज भएको छ । 

करिब रु.६ अर्ब लागतको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना वि.सं. २०७४ देखि निमार्ण सुरु भएको हो । एक सय १० किलोमिटर दूरीको जोमसोम–कोरला सडक ग्राभेल गर्ने काम भइरहेको छ ।

जोमसोम–कोरला सडकको सात प्याकेजमध्ये चार प्याकेजको काम निर्माण सकिएको छ । आयोजनाको अनुसार बेनी–जोमसोम सडकमा ६० प्रतिशत र जोमसोम–कोरला सडकमा ८५ प्रतिशत भौतिक प्रगति भएको छ । 
 




मतहरू

KedPhago

https://qqllviagria.com/ - low cost viagra https://ssviagriia.com/ - viagra how to use the first time https://canadianpharmnorx.com/ - cvs pharmacy job application https://ggviagll.com/ - does viagra raise blood pressure https://viagerkr.com/ - viagra mg https://viagriyvik.com/ - 20mg viagra

LecfPhago

https://hopeviagrin.com/ - how to enhance viagra effects https://lightvigra.com/ - what do viagra pills look like https://xuypharmacyonline.com/ - pharmacy school rankings https://online21rxon.com/ - pharmacy coupons https://happyrxpharmacy21.com/ - the pharmacy nashville https://storerxpharmcanada.com/ - dougherty's pharmacy


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु