सोमबार ६ बैशाख, २०७८ (Monday April 19, 2021)

महाराष्ट्रमा कोरोना संक्रमण फैलिएपछि रात्रिकालीन कर्फ्यु

सोमबार २३ चैत्र, २०७७ फिल्म ~ शाला टिभी 1061


महाराष्ट्रमा कोरोना संक्रमण फैलिएपछि रात्रिकालीन कर्फ्यु

चैत २३, काठमाडौं । भारतको महाराष्ट्र राज्य सरकारले  कोरोना भाइरसको संक्रमण फैलिएपछि रात्रिकालीन कर्फ्यु लगाएको छ । कर्फ्यु राति आठ बजेदेखि बिहान सात बजेसम्म कर्फ्यु लागु हुने छ भने सप्ताहान्तमा पूर्णरुपमा लकडाउन हुनेछ ।

भारतमा आइतबार सार्वजनिक गरिएको २४ घण्टाको कोरोना परीक्षणको रिपोर्टमा ९३ हजार बढीमा संक्रमण पुष्टि भएको थियो । उक्त संख्याको आधाभन्दा बढी संक्रमित महाराष्ट्र राज्यका थिए ।

संक्रमण तीव्र रुपमा फैलिनुको कारण पत्ता लगाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक विशेषज्ञ टोलीलाई महाराष्ट्र जान भनेका छन् ।

उल्लेख्य संख्यामा नयाँ संक्रमित थपिँदै गएपछि महाराष्ट्र सरकारले अत्यावश्यक सेवालाई मात्र जारी राख्ने निर्णय गरेको छ । रेष्टुरेन्टमा ग्राहकहरुले बसेर खान पाउने छैनन् । उनीहरुले खाना प्याक गरेर घरमै लगेर खानुपर्ने नियम बनाइएको छ ।

त्यसैगरी सार्वजनिक सवारी साधनहरुमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, सरकारी कार्यालयहरुमा ५० प्रतिशत कर्मचारीहरुलाई मात्रै बोलाउन, सकेसम्म घरमै बसेर काम गर्न अपील गरिएको छ ।

अप्रिल ३० तारिखसम्म यी नियमहरु लागु हुने महाराष्ट्र सरकारले बताएको छ ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु