शनिबार १ जेष्ठ, २०७८ (Saturday May 15, 2021)

काठमाडौं महानगरपालिकाको आफ्नो कार्यालय बन्ने भवनको टेन्डर आह्वान

मंगलवार ३१ चैत्र, २०७७ फिल्म ~ शाला टिभी 1153


काठमाडौं महानगरपालिकाको आफ्नो कार्यालय बन्ने भवनको टेन्डर आह्वान

चैत ३१, काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना सबै विभागलाई एकै ठाउँमा राख्न सकिने उद्धेश्यका साथ टेकुमा बन्ने आफ्नो कार्यालय भवनको लागि टेन्डर आह्वान गरेको छ । 

मंगलबार महानगरपालिकाले भूमिगत पार्किङसहित ८ तल्ले भवनका लागि टेन्डर आह्वान गरेको हो । यो कार्यालय भवन बनेपछि महानगरका छरिएर रहेका विभिन्न विभाग र कार्यालयहरुको सेवा एउटै भवनबाट दिन सकिने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले बताए । उनका अनुसार टेकुमा रहेको महानगरको वातावरण विभाग रहेको जग्गा ओगटेर सो भवन बन्नेछ ।

भवन आधुनिक भएपनि अगाडिको मोहोडा परम्परागत शैलीको हुने महानगरका शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत बताउँछन् । ‘बोर्ड बैठक हलसहित पर्याप्त पार्किङ सुविधा राखेर भवन बन्ने छ,’ उनले भने,’यो भवन बनेपछि महानगरेको दैनिक सेवा प्रवाशमा सहजता आउनेछ ।’ अहिले महानगरका केही विभागबाहेक मुख्य कार्यालय भाडाको घरमा बसिरहेको छ ।

कुल ६ हजार ७ सय वर्ग मिटरको भवन वरपर पर्याप्त मात्रामा खुला क्षेत्र रहनेछ । ६० वटा गाडी र सय भन्दा बढी मोटरसाइकल पार्किङ गर्न मिल्नेछ ।

भूकम्प अघिसम्म आफ्नो मुख्य कार्यालय रहेको बागदरबारलाई भत्काउने योजनलाई सर्बोच्च अदालतले रोकेपछि महानगरपालिकले टेकुमा भवन बनाउन लागेको हो ।
 
 




मतहरू


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु