शनिबार १ जेष्ठ, २०७८ (Saturday May 15, 2021)

अबदेखि घरमै बसेर जग्गाको नक्सा प्रिन्ट गर्न सकिने

बिहीबार २ बैशाख, २०७८ फिल्म ~ शाला टिभी 1142


अबदेखि घरमै बसेर जग्गाको नक्सा प्रिन्ट गर्न सकिने

वैशाख २, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नापी विभागमा बिहीबार आयोजित औपचारिक समारोहबाट अब भने इन्टरनेटबाटै घरजग्गाको नक्सा हेर्न र आफैं प्रिन्ट गर्न मिल्ने व्यवस्थाको शुभारम्भ गर्नेछन् ।

‘मेरो कित्ता डट जिओभी डट एनपी’ लगइन गरेर यो सेवा लिन सकिने विभागका अधिकारीको भनाइ छ । यो व्यवस्था कार्यान्वयनमा आएपछि आफ्नो घर जग्गाको नक्सा प्रिन्ट गर्न र त्यसको शुल्क बुझाउन कार्यालय धाइरहनु नपर्ने विभागले जनाएको छ । 

नापी विभागका सूचना अधिकारी दामोदर ढकालले सेवाग्राहीलाई सहजरुपमा छिटोछरितो सेवा दिन तथा प्रविधिमैत्री बनाउन यो सेवा सुरु गरिएको बताए ।

काठमाडौं उपत्यकाका डिल्लीबजार, कलंकी र भक्तपुरको कार्यालयमा बिहीबार यो सेवा लागु हुने ढकालले बताए । त्यसपछि क्रमशः देशभर कार्यान्वयनमा ल्याइने विभागले जनाएको छ ।

सूचना अधिकारी ढकालले भने, ‘आजै सेवा पाउने भनेको डिल्लीबजार, कलंकी र भक्तपुरबाट हो,’ उनले भने,‘एक हप्ताभित्र काठमाडौं उपत्यकाभरी र त्यसपछि क्रमशः देशैभरका १२६ वटा नापी कार्यालयबाट मेरो कित्ता सेवा सुरु हुन्छ ।’ 
 




मतहरू


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु