शनिबार १ जेष्ठ, २०७८ (Saturday May 15, 2021)

सिफारिस चुडाल र सुवेदीको सुनुवाइ हुँदै

शुक्रबार ३ बैशाख, २०७८ फिल्म ~ शाला टिभी 1129


सिफारिस चुडाल र सुवेदीको सुनुवाइ हुँदै

वैशाख ३, काठमाडौं । आज सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस कुमार चुडाल र नहकुल सुवेदीको संसदीय सुनुवाइ हुँदैछ । संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको समयभित्र चुडालविरुद्ध २ र सुवेदीविरुद्ध ५ वटा उजुरी परेका छन् ।

चैत ४ मा बसेको संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशद्वय चुडाल र सुवेदीविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान गरेको थियो । 

सरकारी जग्गा हिनामिना गरेको उजुरी चुडालविरुद्ध परेको छ । त्यसैगरी सोमबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सुवेदीको योग्यतामा प्रश्न उठाउँदै उजुरी दिएका थिए । तर, सर्वोच्चले सुवेदीको योग्यता सर्वोच्च अदालतको न्यायाधीश बन्न पुग्ने फैसला गरिदिएको छ ।
 




मतहरू


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु