शनिबार १ जेष्ठ, २०७८ (Saturday May 15, 2021)

नारायणगढ–मुग्लिन खण्डको जलबीरे पुल तयार 

मंगलवार ७ बैशाख, २०७८ फिल्म ~ शाला टिभी 1138


नारायणगढ–मुग्लिन खण्डको जलबीरे पुल तयार 

वैशाख ७, चितवन । सर्वाधिक सवारी साधन दुर्घटना हुने ठाउँका रुपमा परिचित जलबीरेबाट यात्रुवाहक बसहरू त्रिशूली नदीमा खस्ने, घुम्तीमा ठोक्किने हुँदा कयौं मानिसहरूले आफ्नो ज्यान गुमाएका थिए ।

धेरै सवारी दुर्घटना भएपछि जलबीरे घुम्ती छेउमा एक मन्दिर बनाएर नियमित रुपमा पूजा गर्न थालिए पछि यो ठाउँमा दुर्घटनामा कमी आएको स्थानीय बताउँछन् । अहिले यही घुम्तीमा पुल बनेपछि घुम्ती सीधा मात्रै भएन, सडकसमेत २६५ मिटर छोटिएको छ ।

एक–दुई दिन भित्रै पुल सञ्चालन गर्ने तयारी भएको नारायणगढ मुग्लिन सडक खण्डकी सूचना अधिकारी सविना रानाभाटले बताइन् ।

गत वर्ष असारमा नै पुलको निर्माणको म्याद सकिएपछि थप गरिएको थियो । रौताहा कन्स्ट्रक्सनले ८० मिटर लामो पुल १३ करोड ९४ लाखको लागतमा बनाएको हो । पुलमा तीनवटा स्पान छन् । मन्दिरको छेउछाउ सामान्य केही काम बाँकी छ ।


 




मतहरू


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु