शनिबार १ जेष्ठ, २०७८ (Saturday May 15, 2021)

टी–यू अन्तर्राष्ट्रिय मैदानमा आज नेदरल्याण्ड्स र मलेसिया भिड्दै 

बुधबार ८ बैशाख, २०७८ फिल्म ~ शाला टिभी 1072


टी–यू अन्तर्राष्ट्रिय मैदानमा आज नेदरल्याण्ड्स र मलेसिया भिड्दै 

वैशाख ८, काठमाडौं । किर्तिपुरस्थित त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आज नेदरल्यान्ड्स र मलेसिया भिड्दैछन् । १२ः१५ बजे टी–यू अन्तर्राष्ट्रिय मैदानमा खेल सुरु हुनेछ ।

पहिलो खेलमा नेपालसँग हारेको नेदरल्याण्ड्सले त्यसयता लगातार दुई खेल जित्दै ३ खेलबाट ४ अंक जोडिसकेको छ । मलेसिया भने लगातार हारपछि अंकविहिन बनेको छ ।

३ खेलबाट ४ अंक नै रहेको घरेलुटोली नेपाल राम्रो रनरेटको आधारमा शीर्ष स्थानमा रहेको छ । 

नेदरल्याण्ड्स फाइनलमा पुग्नको लागी मलेसियालाई पराजित गर्नुपर्नेछ । यस नतिजाले नपाल पनि अन्तिम लिग खेलअघि नै फाइनल पुग्नेछ ।

यसअघि मलेसिया नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको थियो भने नेपालसँग ९ विकेटले पराजित भएको थियो ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु