शनिबार १ जेष्ठ, २०७८ (Saturday May 15, 2021)

निषेधाज्ञा लम्बिएसँगै बढ्यो उपत्यका छाड्नेहरुको भिड  

मंगलवार १४ बैशाख, २०७८ फिल्म ~ शाला टिभी 1102


निषेधाज्ञा लम्बिएसँगै बढ्यो उपत्यका छाड्नेहरुको भिड  

वैशाख १४, काठमाडौं । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले एक साताका लागि जारी गरेको निषेधाज्ञा लम्बिने भएसँगै काठमाडौं उपत्यका छाड्नेहरुको भीड बढेको छ । 

मंगलबार बिहानैबाट बालाजु, कलंकी, कोटेश्वर लगायतका स्थानमा सर्वसाधारणको भीड छ । उनीहरु ठुला–ठुला झोला बोकेर गन्तव्यतिर गइरहेको देखिन्छन् ।

पछिल्लो २४ घन्टामा मात्रै ५० हजार ४५६ जना यात्रु उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरी महाशाखा, रामशाहपथका प्रमुख एसएसपी जनकराज भट्टराईले बताएका छन् ।

उनले भने, ‘७ हजार ९०० गाडी आउट भएको रेकर्ड छ, त्यसमा ५० हजार ४५६ जना बाहिरिएका छन् ।’ 

विगतमा जस्तो समस्या नहोस् भन्ने सोचेरै बिहीबार बिहान ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञाको आदेश जारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । 


 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु