शनिबार १ जेष्ठ, २०७८ (Saturday May 15, 2021)

उपत्यकामा निषेधाज्ञा पालना गराउन चेकिङ बढाइयो 

आईतवार १९ बैशाख, २०७८ फिल्म ~ शाला टिभी 1074


उपत्यकामा निषेधाज्ञा पालना गराउन चेकिङ बढाइयो 

वैशाख १९, काठमाडौं । प्रहरीले निषेधाज्ञा पालना गराउनका लागि काठमाडौंमा चेकिङ बढाएको छ ।

यस्तो विषम परिस्थितीमा पनि निषेधाज्ञाको उल्लङ्घन गर्दै सवारी साधनहरु धेरै गुडेको पाइएपछि थप कडाइ गरिएको नेपाल प्रहरीका अधिकारीले बताएका छन् ।

निषेधाज्ञाको बेलामा पनि मानिसहरु घर बाहिर निस्किने क्रम बढेकाले कडाइ गरिएको नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर कुँवरले बताए । अहिले प्रहरीले पत्रकार, सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाहरुको हकमा कडाइ गरेको छ । ‘अहिले थप कडाइ भनेको पत्रकारको हकमा र सरकारी कार्यालय तथा वित्तीय संस्थाहरुको हकमा हो,’ प्रवक्ता कुँवरले भने ।

विभिन्न जिल्लामा र काठमाडौं उपत्यकाको हकमा मुख्य चोक तथा भित्री गल्लीहरुमा बेलाबेलामा चेकिङ गरिरहेका छौं,’ उनले भने । 

सूचना विभागको परिचयपत्र अनुसार काठमाडौं उपत्यकामा खटिएका पत्रकारहरुलाई र उपत्यका बाहिरका जिल्लामा सम्बन्धित सञ्चार संस्थाको परिचयपत्रको आधारमा छुट दिइएको छ ।

निषेधाज्ञाको पालना नगर्ने पैदलयात्रीलाई रोकेर सम्झाइबुझाइ गर्ने, सवारी पासविना चलाइएका सवारी साधन नियन्त्रणमा लिने र जरिवाना लिने तीन प्रकारका कारवाही गर्दै आएको कुँवरले बताए ।




मतहरू

Jbsdnuabe

top rated online canadian pharmacies pharmacy near me Motrin

Jbsdnuabe

hair loss Sinequan best canadian online pharmacies

RfvbPhago

what is better viagra or cialis or levitra?? http://cileve.com/ coupon for free cialis


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु