शनिबार ११ मंसिर, २०७८ (Saturday November 27, 2021)

संसद बैठकमा सांसदहरु जाने क्रम सुरु

सोमबार २७ बैशाख, २०७८ फिल्म ~ शाला टिभी 1220


संसद बैठकमा सांसदहरु जाने क्रम सुरु

वैशाख २७, काठमाडौं । विश्वासको मत लिने प्रयोजनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाइएको संसद बैठकमा सांसदहरु जाने क्रम जारी रहेको छ । 

पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको एकिन गरेर मात्रै सांसदहरुलाई बैठक कक्षमा प्रवेश गर्न दिइएको छ ।

सांसद तथा कर्मचारीहरुको पीसीआर रिपोर्ट पीपीई लगाएर मुख्य ढोकामा खटिएका कर्मचारीहरुले चेक गर्दै प्रवेश अनुमति दिएका छन् ।

आज दिउँसो १ बजे संसदको बैठक बस्दै छ । बैठकमा प्रधानमन्त्री ओलीले लिन चाहेको विश्वासको मतमाथि मतदान हुने छ ।

संसद बैठकमा सहभागी हुनेहरुलाई कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ । पीसीआर परीक्षण नगराएकाहरुलाई  एन्टिजेन परीक्षण गराएर मात्रै बैठकमा सहभागी गराइने संसद सचिवालयले जनाएको छ ।

संघीय संसद सचिवालयले पहिले नै सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, सांसद, कर्मचारी, संसदीय मामिला पत्रकारलगायतको पीसीआर परीक्षण गराएको थियो । 

जसमध्ये पोजेटिभ रिपोर्ट आएकाहरुलाई संसद भवन परिसरको टेन्टमा राखिएको छ र उनीहरुलाई मतदान सुरु भएपछि प्रक्रियामा सहभागी गराइने संसद सचिवालयले जनाएको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु