मंगलवार १७ पुष, २०७५
एजेन्सी, पौष १७ । रुसको साइबेरियास्थित नोरिल्स्क नामक एक सहर छ, जहाँ वर्षमा नौ महिनासम्म हिउँ जम्छ भने दुई महिना त सूर्यको अनुहार नै देख्न पाइँदैन । त्यसैले पनि उक्त दुई महिना त्यहाँ दिन÷रात नै अँध्यारो हुन्छ ।
उक्त सहरको वाषिर्क औषत तापक्रम माइनस १० डिग्री सेल्सियस छ भने ठण्डी याममा भने त्यहाँको न्यूनतम तापक्रम माइनस ६१ डिग्री सेल्सियस सम्म पुग्दछ ।
उक्त सहर विश्वकै सबैभन्दा चिसो सहर हो । त्यहाँ चिसो महिनामा हरेक तिन दिनमा हिमतुफान आउँछ । डिसेम्बर देखि जनवरी सम्म त यहाँ सूर्य नै देखिँदैन । सूर्य नै नदेखिने हुनाले दुई महिनासम्म त्यहाँ अँध्यारो छाउँदछ ।
यस सहर रुसको सबैभन्दा धनी सहर हो । यहाँ विश्वकै ठूलो प्लाटिनम, पेल्लेडियम र निकेल धातुको भण्डार रहेको छ । यो सहर विश्वको सबैभन्दा प्रदुषित सहर पनि हो । किनभने यहाँ ठूलो परिमाणमा खानी तथा प्रशोधनको काम हुन्छ । जसबाट ठूलो मात्रामा सल्फर डाइअक्साइड ग्यास निस्किरहन्छ ।