शनिबार ११ मंसिर, २०७८ (Saturday November 27, 2021)

पाँच विद्यार्थी संगठनले संसद विघटनको प्रतिरोध गर्न गरे आह्वान

आईतवार ९ जेष्ठ, २०७८ फिल्म ~ शाला टिभी 1330


पाँच विद्यार्थी संगठनले संसद विघटनको प्रतिरोध गर्न गरे आह्वान

जेठ ९, काठमाडौं । सरकारले जनस्वास्थ्यमाथि गरेको खेलवाड र संसद विघटनको निणर्यको प्रतिरोध गर्न पाँच विद्यार्थी संगठनहरुले आह्वान गरेका छन् ।

माओवादी केन्द्र, नेपाली कांग्रेस, एमाले माधव नेपाल समूह, जसपा र राष्ट्रिय जनमोर्चाका विद्यार्थी नेताहरुले संयुक्त विज्ञप्ति निकालेर सो आह्वान गरेका हुन् ।

उनीहरुले भने, ‘कोभिड-१९ रोकथाम र नियन्त्रणमा सरकारले ध्यान नदिएको कारण अस्पतालमा बेड, अक्सिजन, औषधिको हाहाकार मच्चिरहेको अवस्थामा मध्यावधि निर्वाचनको घोषणा देश र जनताप्रति गैरजिम्मेवारीको पराकाष्ठा हो भने जनताको स्वास्थ्यमाथिको गम्भीर खेलवाड र अपराध हो ।’ 

‘सर्वोच्च अदालतले पुनःस्थापना गरेको संसदको दोस्रो पटकको विघटन सर्वभौम जनतामाथि गरिएको निरंकूश र अधिनायकवादी डकैती हो,’ संयुक्त विज्ञप्तिमा लेखिएको छ, ‘संयुक्त विद्यार्थी आन्दोलनको तर्फबाट संसद विघटनको घोर निन्दा र भर्त्सना गर्दछौं ।’

संयुक्त विज्ञप्तिमा नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियू (माधव नेपाल पक्ष)का अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैटौंका अध्यक्ष विमल पोखरेलको हस्ताक्षर छ ।

उनीहरुले आ-आफ्नो ठाउँबाट प्रतिरोध गर्न सम्पूणर् विद्यार्थी तथा आम जनसमुदायमा अनुरोध गरेका छन् ।




मतहरू

RebfPhago

cialis shop http://rcialisgl.com/ - buy cialis generic cialis 10mg 30 pills

Fmrfnuabe

cialis 20 mg sale https://cialisee.com/ - buy cialis on line without presciption cialis

propecia for sale

Cialis En Farmacia Sin Receta

iceging

https://buytadalafshop.com/ - cheapest cialis 20mg


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु