शनिबार ११ मंसिर, २०७८ (Saturday November 27, 2021)

५० शय्याको कोभिड केयर सेन्टर सञ्चालन

सोमबार १० जेष्ठ, २०७८ फिल्म ~ शाला टिभी 1328


५० शय्याको कोभिड केयर सेन्टर सञ्चालन

जेठ १०, धनगढी । आइतबारदेखि कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेजमा ५० शय्याको कोभिड-१९ केयर सेन्टर स्थापना गरिएको छ । 

कोरोना संक्रमितको उपचारका लागि संघीय सरकार तथा धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र गौरीगंगा नगरपालिकाको समन्वयमा कोभिड-१९ केयर सञ्चालनमा ल्याइएको हो ।

गोदावरी नगरपालिकाका प्रवक्ता समेत रहेका कोभिड-१९ केयर सेन्टर उपसमितिका संयोजक शर्मानन्द भट्टले संक्रमितको उपचारका लागि आइतबारदेखि सेवा सञ्चालन गरिएको बताए । उनका अनुसार केयर सेन्टरका लागि भनेर धनगढी उपमहानगरपालिकाले एक जना मेडिकल अफिसरसहित ८ जना स्वास्थ्यकर्मी, गोदावरी नगरपालिकाले ७ जना र गौरीगंगा नगरपालिकाले ३ स्वास्थ्यकर्मी खटाएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र मातहत रहने उक्त केयर सेन्टरमा अक्सिजनको आवश्यकता पर्ने संक्रमितको उपचार गरिने छ भने तत्काल आईसीयू र भेन्टिलेटर सेवा नभएका कारण गम्भीर अवस्थाका संक्रमितको सेती प्रादेशिक अस्पतालमै उपचार गरिनेछ । 

सुदूरपश्चिमप्रदेश सरकारले समेत कोभिड केयर सेन्टरका लागि ५० लाख बजेट र २० जना स्वास्थ्यकर्मी खटाउने जनाएको छ ।

गेटामा कोभिड केयर सेन्टर सञ्चालनमा आएसँगै शय्या अभावमा सेती प्रादेशिक अस्पतालको आँगनमा संक्रमित राखेर उपचार गर्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास गरिएको छ ।




मतहरू

Lebnnuabe

Amaryl https://xlnpharmacy.com/ reliable canadian online pharmacy

zowcale

https://buypropeciaon.com/ - Propecia

Cialis

Order Original Propecia

iceging

https://buytadalafshop.com/ - buying cialis online

zowcale

https://buypropeciaon.com/ - propecia the crack ho

endophy

http://buystromectolon.com/ - Stromectol


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु