सोमबार ७ असार, २०७८ (Monday June 21, 2021)

नागरिकता वितरण भएको हल्ला निराधारः पर्सा प्रशासन

बुधबार १२ जेष्ठ, २०७८ फिल्म ~ शाला टिभी 1093


नागरिकता वितरण भएको हल्ला निराधारः पर्सा प्रशासन

जेठ १२, वीरगञ्ज । लकडाउनको समयमा ठूलो भिडभाड जम्मा गरी धेरै नागरिकता वितरण भएको भन्ने हल्ला निराधार रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । 

हालै समाजिक सञ्जालमा जिल्ला प्रशासन कार्यालयको नाम जोडेर नागरिकता वितरण सम्बन्धी विषयमा भएका पोष्ट र आएका समाचारहरु प्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको कार्यालयका सूचना सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै उल्लेख गरे ।

सहायक प्रजिअ पौडेलले निषेधाज्ञा जारी भएको अवस्थामा कार्यालयबाट शान्ति सुरक्षा कोभिड नियन्त्रणसंग सम्बन्धित कार्य एवं अत्यावश्यक काम बाहेक अन्य सबै प्रकारका सेवा प्रवाह हाल स्थगन गरिएको र नागरिकता वितरणको कार्य पनि यस निषेधाज्ञा अवधिमा नगरिएको एंव नभएको विज्ञप्तीमा उल्लेख गरेका छन् । 

निषेधाज्ञा अवधिमा ठूलो भिडभाड जम्मा गरी धेरै नागरिकता वितरण भएको भनी सामाजिक सञ्जालमा भाइरल बनाईएको भिडियो फुटेज पुरानो रहेको प्रशासनले विज्ञप्तीमा मार्फत स्पष्ट पारेको छ ।

 




मतहरू

Phagoloh

viragecialis https://rcialisgl.com/ - how to get cialis over the counter cialis webmd

PhagoVed

review buy cialis online https://krocialis.com/ - get online cialis without prescription overnight lisinopril and cialis


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु