सोमबार ७ असार, २०७८ (Monday June 21, 2021)

आजबाट संसद विघटन विरुद्धका रिटहरुको सुनुवाई हुँदै

बिहीबार १३ जेष्ठ, २०७८ फिल्म ~ शाला टिभी 1080


आजबाट संसद विघटन विरुद्धका रिटहरुको सुनुवाई हुँदै

जेठ १३, काठमाडौं । सर्वोच्च अदालतमा संसद विघटनको विरुद्ध परेका रिटहरुको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको बेन्चमा हुने भएको छ । बिहीबार पेशी तोक्दा प्रधानन्यायाधीश जबराले १९ रिटको सुनुवाइ आफ्नो एकल बेन्चमा हुने गरी तोकेका हुन् ।

अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ आज हुने भएको सर्वोच्च अदालतले बताएको छ । संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने जेठ १४ गते शुक्रबारका लागि पेशी तोकिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा धारा ७६(५) बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भन्दै संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध ३० वटा रिट दर्ता भएका छन् ।

सर्वोच्च अदालतमा संसद विघटन असंवैधानिक भएको जिकीर गर्दै र धारा ७६(५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गर्दै विपक्षी गठबन्धनका १४६ जना सांसदले पनि रिट दर्ता गरेका छन् ।

मन्त्रिपरिषदको सिफारिसमा गत जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति तोकिएको छ ।




मतहरू

PhagoVed

cialis super active plus reviews https://krocialis.com/ - order cialis soft tabs sfter market cialis

nuabeGtv

canadian pharmacy online reviews canadianpharmacy com vipps canadian pharmacy list


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु