सोमबार ७ असार, २०७८ (Monday June 21, 2021)

महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे 

सोमबार १७ जेष्ठ, २०७८ फिल्म ~ शाला टिभी 1085


महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे 

जेठ १७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो बालुवाटार पुगेका छन् । भेटमा सरकारमा सहभागीताको विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

ओली नेतृत्वको सरकारमा ठाकुर र महतो सहभागी हुने तयारीमा छन् । सोमबारको भेटमा मन्त्रालय बाँडफाँटमा केन्द्रित हुने स्रोतले जनायो ।

‘भेंडा भेंडासँग र बाख्रा बाख्रासँग हुन दिऊँ । हात मिलाएर आ-आफ्नो बाटो लागौं । हिंडिरहे फेरि भेट हुनेछ,’ भनेर जसपाका अर्का अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी विभाजनको संकेत गर्दै आ-आफ्नो बाटो लाग्न आग्रह गर्दै ट्वीटरमा लेखेका छन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु