सोमबार ७ असार, २०७८ (Monday June 21, 2021)

बुटवलमा ५० शय्याको कोभिड अस्पताल सञ्चालन

मंगलवार १८ जेष्ठ, २०७८ फिल्म ~ शाला टिभी 1087


बुटवलमा ५० शय्याको कोभिड अस्पताल सञ्चालन

जेठ १८, बुटवल । बुटवल-१३ जितगढीमा रहेको एडमण्ड सिटी हस्पिटलले ५० शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । 

कोभिड अस्पतालमा कन्सल्ट्यान्ट फिजिसियन ४ जना, मेडिकल अफिसर १० जना, नर्स ३८ जना, प्यारामेडिक्स २२ जना र अन्य गरी १४० जना जनशक्तिलाई खटाइएको अध्यक्ष प्रकाश रानाले बताए ।

एक बिगाहा क्षेत्रफल भित्र रहेको अस्पतालमा भेन्टिलेटर सहित ८ शय्याको आईसीयु, ७ शय्याको एचडीयु र ३५ आइसोलेशन शय्या रहेका छन् । 

बुटवलमा एक बिगाहा क्षेत्रफलमा सञ्चालनमा आएको यो नै पहिलो नीजि अस्पताल हो । सरकारले जारी गरेको सबै प्रकारका मापदण्ड पूरा गरेर सञ्चालनमा ल्याइएको अस्पतालमा फिभर क्लिनिक, इमर्जेन्सी सेवा, प्रयोगशाला, एक्सरे तथा फार्मेसी २४सै घण्टा सञ्चालन गरिने अस्पतालले जनाएको छ ।

‘कोरोना संक्रमति विरामीले अझै पनि बेड र अक्सिजन नपाएको अवस्था छ, यसैलाई मध्यनजर गरी कोरोना संक्रमण अन्त्य नहुँदासम्म यस अस्पतालमा कोरोना संक्रमितको मात्रै उपचार गर्ने छौं,’ अध्यक्ष रानाले भने, ‘निजी भएपनि सरकारले तोकेको भन्दा महंगो शुल्क लिंदैनौं ।’




मतहरू

Phagoloh

non prescription cialis does cialis work on females cialis tablets for sell

Phagoloh

what does cialis look like do have to have a prescription for cialis? overnight cialis

nuabeGtv

is reliable rx pharmacy legit canada drugs wichita ks oxycodone online pharmacy


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु