सोमबार ७ असार, २०७८ (Monday June 21, 2021)

‘सबैतिर छ पार्टी, तर काहीँ छैन पार्टी’को अवस्था बदल्नुपर्छः ईश्वर पोखरेल 

आईतवार २३ जेष्ठ, २०७८ फिल्म ~ शाला टिभी 1162


‘सबैतिर छ पार्टी,  तर काहीँ  छैन पार्टी’को अवस्था बदल्नुपर्छः ईश्वर पोखरेल 

जेठ २३, काठमाडौं । ‘सबैतिर छ पार्टी, तर काहीँ छैन पार्टी’को अवस्थालाई बदल्नुपर्ने नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले बताएका छन् । 

पार्टी एकता संकटमा परेको भन्दै उनले पार्टी एकतालाई जोगाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरेका छन् । आफूले ३ वर्ष ३ महिना ७ दिन सरकारमा रहँदा गरेका कामहरूको विवरण सार्वजनिक गर्दै मन्त्री पोखरेलले पार्टीको यो अवस्था बदल्नको लागि पार्टीको महासचिवको हैसियतले आफूले अभियान चलाउनु पर्नेबारे उल्लेख गरेका छन् ।

ईश्वर पोखरेल आफू उपप्रधानमन्त्रीको हैसियतमा रहँदा सम्हालेको ‘उच्चस्तरीय समन्वय समिति’ र ‘कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)’मा संयोजकको भूमिकामा काम गरेका पोखरेलले सीसीएमसीको संयोजकको रूपमा प्राप्त सात महिनाको पारिश्रमिक ४ लाख ५६ हजार ४०० रुपैयाँ कोभिड कोषमा बुझाएको बताएका छन् ।

उनले मन्त्री हुँदा प्राप्त गरेका सबै सेवा सुविधाहरू सम्बन्धित ठाउँमा आइतबार (२३ जेठमा) बुझाइसकेको भन्दै पोखरेलले यस अवधिमा पार्टीको कोषमा आफूले ६ लाख ५ हजार रुपैयाँ योगदान गरेको उल्लेख गरेका छन् । शनिबार नै मन्त्री क्वार्टर समेत खाली गरिसकेको उनले बताएका छन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु