सोमबार ७ असार, २०७८ (Monday June 21, 2021)

बेलायतले गरीब देशलाई १० करोड डोज कोरोना खोप वितरण गर्ने 

शुक्रबार २८ जेष्ठ, २०७८ फिल्म ~ शाला टिभी 1055


बेलायतले गरीब देशलाई १० करोड डोज कोरोना खोप वितरण गर्ने 

जेठ २८, काठमाडौं । बेलायतले गरिब देशहरुलाई दश करोड डोज कोरोना खोप वितरण गर्ने घोषणा गरेको छ ।

‘जी-सेभेन’ बैठकको पूर्वसन्ध्यामा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आगामी केही साताबाट खोप उपलब्ध गराउन थाल्ने घोषणा गरेका हुन् ।

अन्तर्राष्ट्रिय अन्तरसरकारी आर्थिक संगठन जी-सेभनमा सात प्रमुख विकसित देशहरू अमेरिका, बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटली र जापान सदस्य छन् ।

यसै वर्षको अन्त्यसम्ममा ३ करोड डोज वितरण गरिने प्रधानमन्त्री जोनसनको भनाइ छ । बाँकी खोप अर्को वर्षभित्रमा वितरण गरिने जोनसनले बताएका छन् ।

अमेरिकाले पनि यसअघि गरिब देशहरुलाई ५० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो ।

कोर्नवालमा शुक्रबार सुरु हुने जी-सेभेनको बैठकमा अन्य सदस्य देशका सरकार तथा राष्ट्र प्रमुखहरुले कोरोनाविरुद्धको सामूहिक लडाइँमा खोप उपलब्ध गराउने घोषणा गर्नसक्ने अपेक्षा गरिएको छ ।

बीबीसीका अनुसार बेलायतले अनुदान दिने खोपको पाँच भागमध्ये एक भाग देशहरूसँग सोझै सम्झौता गरेर र अन्य कोभ्याक्स कार्यक्रममार्फत वितरण हुने बताइएको छ  । 

यसअघि बेलायतले कोभ्याक्स कार्यक्रमलाई ५० करोड पाउन्ड उपलब्ध गराएको थियो । नेपालले पनि कोभ्याक्स कार्यक्रममार्फत् कोभिशिल्डको ३ लाख डोज प्राप्त गरेको छ ।




मतहरू

nuabeHtf

cialis nedir cialis generic dapoxetine cheapest cialis


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु