शुक्रबार २२ श्रावण, २०७८ (Friday August 06, 2021)

भारतमा कोरोना संक्रमितको संख्या ८८ दिनयताकै कम

सोमबार ७ असार, २०७८ फिल्म ~ शाला टिभी 1123


भारतमा कोरोना संक्रमितको संख्या ८८ दिनयताकै कम

असार ७, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको संख्या ८८ दिनयताकै कम देखिएको छ । 

पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या ५३ हजारमा झरेको छ भने एक हजार ४२२ जनाको मृत्यु भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या करीब ७ लाखमा झरेको छ । यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या २ करोड ९९ लाख ३५ हजार नाघेको छ ।

कोरोना संक्रमणको कारण अहिलेसम्म तीन लाख ८८ हजार १३५ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा भारतको केरलाबाहेक सबै राज्यमा कोरोनाका १० हजारभन्दा कम नयाँ संक्रमित थपिएका छन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु