शुक्रबार २२ श्रावण, २०७८ (Friday August 06, 2021)

आज ललितपुर महानगरमा कोभिशिल्डको दोस्रो डोज खोप लगाइँदै

बुधबार ९ असार, २०७८ फिल्म ~ शाला टिभी 1114


आज ललितपुर महानगरमा कोभिशिल्डको दोस्रो डोज खोप लगाइँदै

असार ९, काठमाडौं । आज ललितपुर महागरपालिकामा कोभिशिल्डको दोस्रो डोज खोप लगाइँदै छ । पहिलो डोज खोप लगाएका महानगरवासीलाई १० बजेदेखि अपराह्न ४ बजेसम्म खोप लगाउन लागिएको हो ।

७५ वर्षमाथिका पहिलो डोज लगाएका दुई हजार २२० जना ज्येष्ठ नागरिकका साथै जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्य स्वयमसेवकहरु गरी दुई हजार ५०० जनाले खोप लगाउन पाउनेछन् । 

खोप लगाउनेले सम्बन्धित वडा कार्यालयको सिफारिस, पहिलो डोज खोप लगाएको कार्ड र उमेर खुल्ने प्रमाणपत्रसमेत लिएर उपस्थित हुनु पर्ने महानगरले जनाएको छ ।

महानगरपालिकाको प्राङ्गण, पाटन हाइस्कुल, लगनखेलको पशु सेवा केन्द्र, धापाखेल स्वास्थ्यचौकी, बालकुमारी स्कुल, कार्यविनायक स्कुल, हरिसिद्धि स्वास्थ्य चौकी र सैबु स्वास्थ्य चौकीमा खोप लगाउनका लागि केन्द्र तोकिएको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु