शुक्रबार २२ श्रावण, २०७८ (Friday August 06, 2021)

देशव्यापीरुपमा विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनद्वारा आन्दोलनको घोषणा 

सोमबार १४ असार, २०७८ फिल्म ~ शाला टिभी 1244


देशव्यापीरुपमा विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनद्वारा आन्दोलनको  घोषणा 

असार १४, काठमाडौं । सोमबार बिहान बसेको विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनहरुको संयुक्त बैठकले देशव्यापी संघर्षका कार्यक्रम गर्ने निणर्य गरेको छ ।  

पाँच विद्यार्थी संगठनका नेताहरुको संयुक्त बैठकले लकडाउन अवधिको शुल्क मिनाहा लगायतका माग राख्दै सरकारविरुद्ध संघर्षका कार्यक्रम गर्ने निणर्य गरेको हो ।

अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले भने, ‘ देशव्यापी रुपमा १६, १७, १८ र १९ गते मशाल जुलुश सहित आन्दोलन गर्ने निणर्य गरेका छौं ।’ 

विद्यार्थी संगठनहरुले आन्दोलनका कार्यक्रमअनुसार मंगलबार त्रिभुवन विश्वविद्यालय र राष्ट्रिय परीक्षा बोर्डमा घेराउ गर्ने लगायतका निणर्य गरेका छन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु