आईतवार ११ माघ, २०७७ (Sunday January 24, 2021)

विश्वकै सबैभन्दा वृद्ध मानिसको निधन 

सोमबार ७ माघ, २०७५ फिल्म ~ शाला टिभी 1552


विश्वकै सबैभन्दा वृद्ध मानिसको निधन 

टोकियो, माघ ७ । विश्वकै सवैभन्दा वृद्ध मानिसको निधन भएको छ । जापानीका ती वृद्ध मानिस मासानो नोनाका १ सय १३ वर्षको उमेरमा आइतबार मृत्यु भएको जापानी सञ्चारमाध्यमले जनाएका छन् । 

गिनिज बुक अफ वर्ल्ड रेकर्डस्‌का अनुसार नोनाकाको जन्म सन् १९०५ को जुलाईमा भएको थियो । उनको जन्म अल्वर्ट आइन्स्टाइनद्वारा प्रतिपादन गरिएको सापेक्षताको सिद्धान्तको प्रकाशन हुनुभन्दा केही महिना पहिले भएको थियो भने विमानको आविस्कार गर्ने राइट्स दाजुभाईभन्दा दुई वर्षपछि जन्मेका हुन् । 

गत वर्ष स्पानियार्ड फ्रान्सिसको नुनेज ओलिभेराको मृत्यु भएपछि वृद्ध जीवित मानिसहरूमध्ये सबैभन्दा पाका व्यक्तिका रूपमा गिनिजले नोनाकालाई औपचारिक मान्यता दिएको थियो ।

६ भाइ र एक बहीनीकी धनी नोनाकाले सन् १९३१ मा विवाह गरेका थिए । पछि उनी ५ सन्तानका बाबु बनेका थिए । उनले आफ्नै गाउँमा ‘हट स्प्रिङ इन’ (होटेल) सञ्चालन गरेका थिए । 

सामान्यतया जापानीहरूको दीर्घजीवन हुने गर्दछ। विश्वका धेरै बर्षसम्म बाँच्ने मानिसहरूको सूचीमा कैयौँ जापानी नागरिकको सूची रहेको बताइने गरिन्छ ।

जापानी नागरिक जिरोमी किमुरा, जसलाई सबैभन्दा धेरै बाँच्नेमध्येका व्यक्तिका रूपमा मानिन्छ, को ११६ वर्षको उमेरमा सन् २०१३ मा निधन भएको थियो ।

प्रमाणित रूपमा इतिहासमा सबैभन्दा धेरै बाँच्ने व्यक्ति फ्रान्सका जेनी लुइस कालमेन्टको सन् १९९७ मा १ सय २२ वर्षको उमेरमा निधन भएको थियो ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु