आईतवार ११ माघ, २०७७ (Sunday January 24, 2021)

रामेछापमा भैँसीले पायो ६ खुट्टे पाडो 

बिहीबार २३ फाल्गुन, २०७५ फिल्म ~ शाला टिभी 1646


रामेछापमा भैँसीले पायो ६ खुट्टे पाडो 

रामेछाप, फागुन २३ । मन्थली नगरपालिका वडा नं–४ सालुमा एक किसानले पालेको भैसीले ६ खुट्टे पाडो जन्माएको छ । गैराथोकका किसान वलकबहादुर आलेमगरले पालेको भैँसीले सो पाडो पाएको हो । 

६ खुट्टे उक्त पाडो अरु ४ खुट्टे पाडो जस्तै उभिने र सहजै भैसीको दुध खाने गर्दै आएको छ । सामान्य पाडोको हुने चार खुट्टाका बीच भागबाट अन्य दुई खुट्टा निस्किएका छन् । भैसीले यस्तो ६ खुट्टे पाडो पाएपछि अहिले उनको घरमा पाडो हेर्नेको भीड छ । उनको घरमा भएको ६ खुट्टे पाडो हेर्न छिमेकी मात्रै नभई अन्य गाउँबाट समेत आउने गरेको वलकबहादुरले बताए । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु