मंगलवार ६ माघ, २०७७ (Tuesday January 19, 2021)

पाढेको भन्दै सहकर्मीविरुद्ध मुद्दा दायर, २० करोडको क्षतिपूर्ति माग 

बुधबार १३ चैत्र, २०७५ फिल्म ~ शाला टिभी 1487


पाढेको भन्दै सहकर्मीविरुद्ध मुद्दा दायर, २० करोडको क्षतिपूर्ति माग 

काठमाडौं, चैत १३ । ‘आयो गयो पाद केको बादविवाद’ नेपाली उखानै छ । पेटमा भएको गडबडीसँगै पाढ आउने गर्दछ । कसैले लुकेर पाढ्छन् त कसैले खुलेआम । अष्ट्रेलियामा भने पाढेकै विषयलाई लिएर मुद्धा दर्ता गरिएको छ । जहाँ सहकर्मीले पाढेको भन्दै क्षतिपूर्ति २० करोड पनि माग गरिएको छ । 

सुन्दा पनि अचम्म लाग्न सक्ला तर अष्ट्रेलियाको मेलबर्नमा एकजना व्यक्तिले पाढेकै निहुँमा आफ्ना सहकर्मीविरुद्ध झण्डै २० करोड रुपैयाँ बराबरको रकम क्षतिपूर्ति माग गर्दै मुद्धा हालेका छन् । 

पेशाले निर्माण इन्जिनियर रहेका डेभिड नामका ती ५६ वर्षिय इन्जिनियरको आरोप छ कि उनका ती आरोपित सहकर्मी हरेक दिन कार्यालय समयमा उनको कोठामा पटक पटक आएर पाद्ने गर्दछन् । दिनमा ५(६ पटक ती सहकर्मी आफ्नो कोठामा आउने र पादेर जाने गरेको भन्दै उनले त्यसपछि हुने दुर्गन्धलाई कम गर्न आफुले कोठामा सेन्ट छर्किने गरेको बताएका छन् ।

यसरी बारम्बार पाद्नाले दुर्गन्ध फैलिएको, आफूलाई काम गर्नै अप्ठेरो भएको भन्दै मुद्दा दायर गर्नुपरेको उनको जिकिर छ । पादका कारण अफिसमा काम गर्ने वातावरण नै नरहेको उनको भनाई छ । यसअघि पनि सहकर्मीको पाद्ने बानीले आफूलाई असर गरेको भन्दै कार्यालयका हाकिमसँग गुनासो गर्दा पनि समस्याको सुनुवाई नभएपछि अदालतको शरणमा पुगेको उल्लेख गरेका छन् । 

पदुवा सहकर्मीविरुद्ध १८ लाख डलर क्षतिपूर्तिको माग गरेका छन् । यो मुद्दाको बारेमा अदालतले आउँदो शुक्रबार अन्तिम फैसला गर्नेछ ।

एजेन्सी




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु